वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ भएको पुष्टि

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ भएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।
भारतको बिहारस्थित पटनाको ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको कोरोना परिक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ।

यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको आशंका रहेको बताए पनि केहि संचार माध्ययमले आतंक फैलाउँदै कोरोनाको पुष्टि भएको समाचार प्रशारण गरेपछि सन्त्रास फैलिएको थियो ।

पटनास्थित ‘राजेन्द्र मेमोरियल रिसर्च इन्सिट्युट अफ मेडिकल साइन्स’को रिपोर्टमा ‘नेगेटिभ’ रहेको जनाइएको छ।

‘अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।’ रुंगटा सिकिस्त भएपछि ४ दिन अगाडि भारतको पटनामा उपचारका लागि लगिएको थियो ।

Skip This
Skip This
Logo