कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोनाको आशंकामा पाँचजना विदेशी भर्ना भएका छन् ।

भर्ना भएकाहरु मध्ये चार जनाको आइसोलेसनमा र एक जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनीहरु अमेरिका र स्कटल्याण्डका नागरिक भएको बुझिएको छ । सोमबार भर्ना भएका उनीहरुको आज बेलुकासम्म परिक्षणको रिपोर्ट आउने अस्पतालले जनाएको छ । रिपोर्ट आएपछि मात्र उनीहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने यकिन हुने बताइएको छ ।

Skip This
Skip This
Logo