कोरोना कहर: कोरोनापीडित हाइप्रोफाइलदेखि नेपालको तयारीसम्म (भिडियो रिपोर्ट)

कोरोना कहर: कोरोनापीडित हाइप्रोफाइलदेखि नेपालको तयारीसम्म (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनको वुहानबाट सुरु भएको कोभिड १९ कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिएको छ । हालसम्म विश्वका १ सय ६२ मुलुकमा यो भाइरस फैलिसकेको छ । चीनले कोरोना नियन्त्रणमा लिइसकेको छ भने युरोपियन मुलुकहरुमा तिव्ररुपमा फैलिरहेकोे छ । छोटो समयमै विश्वभर फैलिएको यो भाइरस नियन्त्रण गर्न विश्वकै मुलुकहरुले विभिन्न प्रयास जारी राखेका छन् ।

नेपाल सरकारको पहल

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालले पनि विभिन्न कार्ययोजनाहरु बनाएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ । जस अनुसार सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरुको भिसा रोक्ने भएको छ । सरकारका प्रवक्ता समेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले क्वारेन्टान सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

कोरोना भाइरसका अप्रत्यक्ष फाइदाहरु

हरेक कुराको पछाडि सकारात्मक र नकारात्मक प्रभाव हुन्छ । कोरोना भाइरसले यतिबेला विश्व समुदायको टाउको दुखाइरहेको छ । यो भाइरसको प्रकोपले विश्व समुदायको जीवनशैली प्रभावित भएको छ । यसले विश्वको अर्थ व्यवस्थालाई अस्तव्यस्त बनाएको छ । तर, यो भाइरसले अप्रत्यक्षरुपमा केही फाइदाहरु पनि पु¥याएको छ । हामीले आजको रिपोर्टमा ती विषय पनि समेटेका छौं ।

कोरोना लागेका हाइप्रोफायल

नोवेल कोरोना (कोभिड १९) भाइरस विश्वभर महामारीको रुपमा फैलिदै गएको छ । कोरोना भाइरस पत्ता लगाउने चिनियाँ डाक्टरदेखि बेलायती स्वास्थ्यमन्त्री समेत कोरोना संक्रमणबाट जोगिन सकेका छैनन् । को को छन् त कोरोना भाइरस पीडित हाइप्रोफाइलहरु ? यो पनि हाम्रो विषयको प्राथमिकतामा परेको छ ।

त्यस्तै विश्व खेलकुद पनि अहिले कोरोना भाइरसले प्रभावित बनिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु धमाधम स्थगित हुने क्रममा छन् भने खेलाडीहरु समेत कोरोनाबाट संक्रमित भएका छन् ।

इटालियन क्लब युभेन्ट्सबाट खेल्ने डिफेण्डर ड्यानिएल रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाबाट संक्रमित हुने रुगानी पहिलो खेलाडी हुन् । कोरोनाको आशंका लागेपछि विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । युभेन्टसका खेलाडी ड्यानियल रुगानीलाई कोरोनाको पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो । कोरोना सम्बन्धि थप विवरण हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo