सामान्य रुघाखोकी र ज्वरो आउँदैमा कोरोना हुँदैन– डा. आचार्य

सामान्य रुघाखोकी र ज्वरो आउँदैमा कोरोना हुँदैन– डा. आचार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सामान्य रुघाखोकी लाग्दैमा कोरोना  (कोभिड १९) भाइरस भएको दृष्टिले हेर्न नहुने भर्खर चीनको वुहानबाट कोरोना भाइरसको अनुसन्धान गरी फर्किएका डा. रमेश आचार्यले बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. आचार्यले सो कुरा बताएका हुन् ।

उनले भने–‘सामान्य रुघाखोकी लाग्दैमा कोरोना भाइरस हुँदैन । एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो मुख्य लक्षण हो । लामो समयसम्म श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागेमा तत्काल अस्पतालमा जचाँउनुपर्छ।’ उनले तत्कालका लागि नेपालमा कोरोना भाइरसबाट आतंकित हुनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कता भने अपनाउनुपर्ने बताए ।

त्यस्तै उनले कोरोना भिडभाड हुने स्थानमा फैलिँने उच्च जोखिम हुने भएकाले तत्कालका लागि मन्दिर, मस्जिद र चर्च जस्ता सार्वजनिक स्थल बन्द गर्नु पर्नेमा जोड दिए । उनले कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक पर्ने माक्सको माग बढी रहेका बेला कालोबजारी गर्ने व्यावसायीलाई सरकारले विशेष निगरानीमा राख्नुपर्ने बताए । कोरोना संक्रमण रोक्न माक्स मात्रै उपयुक्त विकल्प नभएकाले राम्रोसँग सावुन पानीले हात धोएर पनि बच्च सकिने उनको सुझाव छ ।

Skip This
Skip This
Logo