‘कोरोना संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको छ’ : स्वास्थ्यमन्त्री ढकाल

‘कोरोना संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको छ’ : स्वास्थ्यमन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन् । अहिले सम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएको नपाइएको जानकारी गराउदै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे ।

मन्त्री ढकालका अनुसार, अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परिक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । २०२० जनवरी ९ तारिखमा नेपाल आएका विद्यार्थीले १३ तारिखमा परिक्षण गराउँदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाईपछि पुन परिक्षणमा नेगेटिभ देखिएको थियो ।

उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधारणलाई अपिल गरिएको बताए ।

सम्भावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे । हाल काठमाडौंमा १ सय ७० वेडको आईसियु सञ्चालनमा छन् । उपत्यकाभित्र १ सय २० र बाहिर १ सय १५ वटा गरि २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काम भइरहेको उनले स्पष्ट पारे । त्यसैगरी १ सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रीत भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आवश्यक औषधी र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको उनले स्पष्ट पारे ।

उनले सिडिओ र स्वास्थ्य कर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय, आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए ।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुँदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको स्पष्ट पारे ।

विदेशबाट अत्यावश्यक काममा नेपाल आउनु पर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैं क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे ।

Skip This
Skip This
Logo