बिहान ढिलो उठ्ने बानी छ ? सावधान !

बिहान ढिलो उठ्ने बानी छ ? सावधान !

केन्द्रबिन्दु
0
Shares

के तपाई बिहान ढिलोसम्म सुत्ने बानी छ ? उसो भए सावधान !

एक अध्ययनले बिहान धेरै सुत्ने व्यक्ति डिमेन्सियाबाट पिडित हुने देखाएको छ ।  यो मस्तिष्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने रोग हो । अध्ययनको अनुसार यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ । बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिन सक्छ।

यो एक न्यूरोलोजिकल समस्या हो । यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो । यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा देखा पर्दछ । तर, विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ ।

धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ । त्यसैले अब चाडै उठेर कसरत गर्ने होइन त ?

Skip This
Skip This
Logo