‘बालबालिकालाई कोरोना लाग्ने सम्भावना कम छ’ : डा. सुनिल राजा मानन्धर (भिडियोसहित)

‘बालबालिकालाई कोरोना लाग्ने सम्भावना कम छ’ : डा. सुनिल राजा मानन्धर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिले संसारभर नै त्रासको विषय बनिरहेको छ, कोरोना भाइरस (कोभिड १९) । नेपालमा यसको संक्रमण नदेखिएको भएपनि सम्पूर्ण नेपालीहरु सतर्क रहनुपर्ने अवस्था छ ।

कोरोना भाइरसबारे धेरै भ्रमहरु फैलिरहेको अवस्थामा यस भाइरसले बालबालिकाहरुलाई संक्रमण गर्दैन भन्ने तथ्य बाहिर आईरहेको छ । तर के यस भाइरसले बाल बालिकाहरुलाई असर गर्दैन त ? यदि गर्दैन भने किन गर्दैन ?

यस बारेमा सत्य तथ्य बुझ्न हामीले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका साथै काठमाडौं मेडिकल कलेजका सह–प्राध्यापक डाक्टर सुनिल राजा मानन्धरसँग कुराकानी गरेका थियौं ।

कोरोना भाइरसको उत्पत्ती कसरी भयो र यसको अवस्था के छ ?
गत डिसेम्बर ८ तारिखमा चीनको हुवेइ प्रान्त अन्तर्गतको बुहान सहरमा एउटा नयाँ किसिमको निमोनिया देखियो । निमोनिया भएपछि बिरामीको अवस्था गम्भिर देखिएपछि डिसेम्बर ३१ मा त्यहाँको पब्लिक हेल्थ अथोरिटीलाई नयाँ रोग फैलिएको महसुस भयो र २०२० जनवरी ७ मा डब्लुएचओले यो एनकोभी भाइरस हो भनेर नाम दियो । २०२० फेब्रुअरी ११ मा डब्लुएचओले पुनः यसलाई कोभिड १९ अर्थात् कोरोना भाइरस डिजिज २०१९ भनेर नाम दियो ।

कोरोनाको संक्रमण बालबालिकाहरुमा नदेखिनुको कारण के हो ?
यो अहिलेको खोजीको विषय पनि हो । तथ्याङ्क हेर्दा पनि चीनका ४० हजार संक्रमितहरुमध्ये ९ वर्षमुनिका बालबालिकाहरुको संख्या ४ सय १६ जना रहेको छ । त्यसमा पनि ९ जनालाई मात्रै आइसियुमा भर्ना गर्नुप¥यो । उनीहरु पनि निको भएर घर फर्किसकेका छन् । यो भाइरसबिरुद्व बयस्क भन्दा बालबालिकाहरुमा इम्युनिटी पावर बढि छ कि भन्ने कुरा आइरहेको छ । यसको अनुसन्धान जारी छ ।

यो भाइरस कति समय बाँच्छ ?
सूर्यको किरणमा अथवा राम्रोसँग घाम लागेको ठाँउमा यो २.५ मिनेटसम्म बाँच्छ र चिसोमा र रातीको समयमा यो २४ घण्टासम्म बाँचेको पाइएको छ । संक्रमित व्यक्तीले हाच्छ्युँ गर्दा वा खोक्दा एक मिटर टाढासम्म सर्ने सम्भावना हुन्छ र एक व्यक्तीले तीन जनालाई मात्रै सार्न सक्छ ।

विकासोन्मुख भन्दा विकसित देशहरुमा यसको संक्रमण बढी देखिनुको कारण के होला ?
चीन, इटाली, अष्ट्रेलिया जस्ता मुलुकहरुमा अहिले चिसो मौसम छ । चीनको बुहानमा पनि कोरोना फैलिदा हिमपात भइरहेको थियो । चिसोकै कारणले त्यहाँ बढी देखिएको हुनसक्छ ।

बाहिरबाट भित्रिएका सरसमानहरुबाट यो सर्छ भन्ने कुरा आइरहेको छ । के भन्न चाहनु हुन्छ ?
यो भाइरस व्यक्तिबाट व्यक्तिमा सर्छ र अर्को कुरा यो सिँगान, खकार जस्ता तरल पदार्थहरुबाट मात्रै सर्ने भएकाले यो चाँहि एक किसिमको त्रास मात्रै हो ।

कोरोनाले चीनमा आतंक फैलाइरहँदा चीनसँग जोडिएका नेपालका सिमानाहरुमा यसको असर किन नदेखिएको होला ?
नेपालमा विस्तारै गर्मी सुरु हुँदैछ, जुन नेपालको लागी राम्रो पक्ष हो । र अर्को कुरा नेपालको सबैजसो ठाँउमा घाम लाग्छ र सूर्यको किरण भएको ठाउँमा यो धेरै समय बाँच्दैन ।

सामान्यतया संक्रमित व्यक्तिलाई संक्रमण भएको कति समयपछि यसको लक्षण देखा पर्छ ?
सामान्यतया क्वारेन्टाइनमा राखेको व्यक्तिलाई दुई दिनदेखि १४ दिनसम्म यसको संक्रमण नदेखिएमा संक्रमण नभएको पुष्टि हुन्छ ।

नेपालमा कोरोना भाइरस नदेखिए पनि नेपालीहरुलाई सतर्कता अपनाउन के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त अहिले धेरै आत्तिहाल्नु पर्ने अवस्था छैन । सकेसम्म भिडभाडमा नजानुहोस् । बाहिरबाट आउँदा हात धुने बानी बसालौँ । यो सबैभन्दा राम्रो उपाय होे । मास्कको प्रयोग गरौँ । सामान्य रुघाखोकीले नतर्सिऔं ।

भिडियो :

 

 

Skip This
Skip This
Logo