यतिबेला विश्व नै कोरोनाको त्रासमा छ । "/>

सरकारले गर्नुपर्ने पूर्वतयारीबारे डा. रवीन्द्र पाण्डेको १५ सुझाव (भिडियोसहित)

सरकारले गर्नुपर्ने पूर्वतयारीबारे डा. रवीन्द्र पाण्डेको १५ सुझाव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • डा. रवीन्द्र पाण्डे

काठमाडौं ।

यतिबेला विश्व नै कोरोनाको त्रासमा छ । यसको संक्रमण हाल ११३ देशमा फैलिसकेको छ । एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । ६२ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यसको संक्रमण नेपालमा फैलिएको छैन , तर उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले समेत बताइसकेको छ । यस्तो अवस्थामा नेपाल सरकारले कस्तो सचेतना अपनाउनु पर्ला त ? डा. रवीन्द्र पाण्डेले यस्ता सुझाव दिएका छन् ।

१. कोरोना संक्रमण भित्रिने ठाउँ त्रिभुवन विमानस्थल हो । त्यहाँ सुबिधा सम्पन्न प्रयोगशाला तथा प्रहरी अस्पतालको जनशक्ति राख्नु पर्दछ । कोरोना संक्रमण अधिक देखिएका देशबाट आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्नु पर्दछ । यो ऐच्छिक होइन, बाध्यतात्मक ब्यबस्था हुनुपर्छ ।

२. टेकु अस्पतालबाट बिरामी भाग्ने समस्या छ । त्यसको लागि अस्पतालहरुमा सुरक्षाकर्मी राख्नु आवश्यक छ । टेकु अस्पतालको क्षमता थोरै भएको हुँदा प्रहरी अस्पताललाई केन्द्र बनाउँदा बिरामी भाग्ने जस्ता समस्या हुँदैनन् ।

३. सरकारले मास्क, ह्याण्ड स्यानिटाइजर्, ग्लोभ, स्प्रे, अत्यावश्यक औषधि १ बर्षको लागि स्टक राख्ने व्यवस्था तुरुन्त मिलाउनु पर्छ ।

४. ग्यास, चामल, दाल, तेल, नुन, पानीजस्ता दैनिक उपभोग्य सामग्री १ बर्षको लागि स्टक राख्ने व्यवस्था मिलाउनु पर्छ । दैनिक उपभोग्य सामानको निर्यात बन्द गर्ने तथा आयात बढाउन तुरुन्त पहलकदमी गर्नुपर्छ ।

५. कालोबजारी तथा कृत्रिम अभाव गर्नेलाई फौजदारी अभियोग लगाउनु पर्दछ । सरकारले निरन्तर बजार अनुगमन गर्नुपर्दछ ।

६. स्कुल, कलेज, सिनेमा हल, रंगशाला, नाइट क्लब आदि तुरुन्त बन्द गरेमा एकातर्फ रोग सर्ने सम्भावना कम हुन्छ ।

७. शहरमा घनत्व घटाउनको लागि गाउँ फर्किने वातावरण सिर्जना गर्नु पर्दछ । काठमाडौंबाट २० लाख व्यक्ति गाउँ जाने हो भने उपभोग्य सामग्रीको अभाव, भिडभाड कम हुन्छ । गाउँ जानेलाई रोग सर्ने सम्भावना निकै कम हुन्छ । १/ २ महिना गाउँ बस्दा अर्थतन्त्र चलायमान पनि हुन्छ ।

८. नेपालमा संक्रमण फैलिएमा नाकाबन्दी हुनसक्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । यसको लागि भारतसँग कुटनीतिक च्यानल प्रभावकारी हुनुपर्दछ ।

९. रोग फैलिएमा अराजकता नहोस् भन्नको लागि सरकारले आपूर्ति ब्यबस्थाको साथै सुरक्षा ब्यबस्था स्ट्याण्ड बाइ राख्नु पर्दछ ।

१०. नचाहिने हल्ला चलाउने, समाजलाई अस्थिर बनाउने जो कोहिलाई पनि नियन्त्रणमा लिनुपर्दछ ।
११. १० हजार सुरक्षाकर्मी परिचालन गरेर बस्तीभन्दा टाढा हजारौं राख्न मिल्ने क्वारेन्टाइन सेन्टर, आइसोलेसन सेन्टर निर्माण गर्नुपर्दछ ।

१२. अस्पतालको क्षमता, दायरा बढाउनु पर्दछ । आइसीयु, भेन्टिलेटर बढाउनु पर्दछ तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षात्मक गाउनको व्यवस्था गर्नुपर्छ ।

१३. प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायबाट जनतालाई आश्वस्त पार्ने काम निरन्तर गर्नुपर्दछ । सरकारले गरेको ब्यबस्थाले जनता विश्वस्त हुने वातावरण सिर्जना गर्नुपर्दछ ।

१४. कोरोना संक्रमण फैलिएको स्थानमा जाने टोली (चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी आदि) स्ट्याण्ड बाइ राख्नुपर्दछ ।

१५. संचार माध्यमलाई सहजकर्ताको भूमिकाको लागि अभिप्रेरित गर्नुपर्दछ । अफबाह फैलाउने संचार माध्यम तथा सामाजिक संजाललाई नियमन गर्नुपर्दछ । जनचेतना निरन्तर प्रदान गर्नुपर्दछ । हेरौं यो भिडियोमा :

(यो सामाग्री हामीले उहाँको फेसबुकबाट लिएका हौं)

Skip This
Skip This
Logo