गोरखामा एउटै विद्यालयका ६० विद्यार्थी विरामी

गोरखामा एउटै विद्यालयका ६० विद्यार्थी विरामी

केन्द्रबिन्दु
0
Shares

गोरखा ।

जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटमा रहेको प्रभा माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ ।

विगत तीन दिनदेखि उनीहरुलाई यस्तो समस्या देखिएको हो । यतिबेला कोरोनाको हल्ला विश्वभरि फैलिरहेको अवस्थामा यहाँका विद्यार्थीमा देखिएको रुघाखोकीको समस्याले अरु विद्यार्थीहरु विद्यालय आउन डराइरहेका छन् ।

रुघाखोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने र कतिपयमा ज्वरो पनि आउने भएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा नै स्वास्थ्य टोली पठाएर उपचार गराएको थियो।

मौसम परिवर्तनका कारण यस्तो समस्या देखिए पनि डराउनु पर्ने अवस्था नरहेको बताइएको छ ।
अहिले जिल्ला अस्पतालबाट डाक्टर सफल सुवेदी नेतृत्वको स्वास्थ्य टोली पनि प्रभावित क्षेत्रमा तयारीमा छ ।

Skip This
Skip This
Logo