कोरोना नियन्त्रणका लागि चिकित्सकहरूलाई ‘अलर्ट’ राख्नुपर्छ – डा. बाबुराम मरासिनी (भिडियोसहित)

कोरोना नियन्त्रणका लागि चिकित्सकहरूलाई ‘अलर्ट’ राख्नुपर्छ – डा. बाबुराम मरासिनी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

 

कोरोना अर्थात कोभिड १९ भाइरस विश्वमै भुसमा आगो जसरी फैलिरहेको छ । नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम मुलकको सूचीमा राखिसकेको छ । पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय उडान समेत स्थगन गरिसकेको छ । भीडभाड, सभा, भोज गर्न समेत सरकारले निषेध गरिसकेको छ । यो सँगै नेपालीमा पनि कोरोना सन्त्रास बढेको छ । प्रस्तुत छ, नेपालमा कोरोना महामारीका रुपमा फैलिएमा सरकार र नागरिकले के गर्नुपर्ला र यसबाट जोगिन के गर्ने भन्ने विषयमा केन्द्रविन्दुकर्मी जितेन्द्र रसिकले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसँग गरेको ‘कोरोना रोकथाम तथा नियन्त्रण’ सम्बन्धी कुराकानी ।

कोरोना भाइरस के हो ?
चीनको हुवेई प्रान्तको वुवानमा देखिएको भाइरसलाई नोबेल भाइरस भनिएको छ । पछिल्लो समय बैज्ञानिकहरुले यसलाई कोभिड १९ को नाम दिइएको छ । साहित्यको उपन्यास जस्तै लामो फेहेरिष्ट भएकाले यसको नाम नोबेल कोरोना भाइरस राखिएको हो । विगतमा सार्स र मर्स देखिएको थियो त्यो पनि कोरोना भाइरसकै अंश नै थियो । अहिले देखिएको कोरोना नयाँ भाइरस हो । भाइरस आरएनए र डिएनए गरि २ प्रकारको हुन्छ । यो भाइरस चाहिँ आरएनए हो । अहिले यसलाई कोभिड १९ भन्ने नाम दिइएको छ । यो शताव्दीमै नयाँ भाइरसको रुपमा देखिएको हो कोभिड १९ । विगतमा देखिएको सार्स र अहिलेको कोरोनामा धेरै फरक देखिँदैन । त्यसैले कोरोनालाई सार्सकै उपजाति भाइरस मानिएका पनि छन् । तर यो विगतमा देखिएको भन्दा निकै चाँदै फैलिने भाइरसका रुपमा आयो ।

 

कोरोना भाइरसबाट ठूलो सँख्यामा विरामी पर्यो भने मुलुकले ठेग्न सक्दैन । हामीसँग पर्याप्त चिकित्सक छैनन् । पर्याप्त बिरामी राख्ने ठाउँ छैनन् । औषिधिहरुको स्टोर गरिएका छैनन् । स्लाइनको स्टक राख्ने कार्य भएका छैनन् । जसले कोरोनाको महामारी फैलिहाल्यो भने नियन्त्रण गर्न कठिन देखिन्छ । हामीसँग ‘रिस्क कम्युनिकेसनको प्याकेज’ नै छैन ।

चीनको वुवानबाट फैलिएको यो भाइरस सुरुमा कसरी फैलियो भन्ने केहि पुष्टी भएको छ ?

केबाट र कोबाट फैलियो भन्ने अझै अस्पष्ट छ । भाइरस संक्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोग पत्ता लगाउन सकिन्छ । तर वुवानमा फैलिएको यो भाइरसको पहिलो विरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । त्यहाँका चिकित्सकहरुले पत्ता लगाउन सकेनन् । किनकी भाइरस भन्ने थाहा पाउँदा थुप्रैमा कोरोना फैलिसकेको थियो ।

चमेरोबाटै फैलिएको भन्ने हल्ला निराधार हो ?

अहिलेसम्म विभिन्न मुलुकमा फैलिएका भाइरसहरु बढीजसो चमेरो र उँटबाट फैलिएको थियो । यो भाइरस केबाट फैलियो भन्ने अझै पत्ता लागेको छैन । चमेरो भनेको सानो तर खतरनाक जीव हो । इबोला पनि चमेराबाट फैलिएको थियो । बंगलदेशमा पनि चमेरोबाट भाइरस फैलिएको थियो । अस्ट्रेलियामा हेन्ड्रा भाइरस पनि चमेरोबाट फैलिएको थियो । त्यसैले पनि चमेरोबाट फैलिएको हुनसक्ने आशंका गरेका हुन् । तथ्य भने थाहा भइसकेको छैन ।

 

नेपालमा भाइरोलोजीको अध्ययन अध्यापन नहुँदा यो रोगका विज्ञ चिकित्सक निकै कम छन् । ती भएका चिकित्सकहरुबाट अन्य चिकित्सकहरुलाई तालिम दिएर भए पनि सरकारले हरेक जिल्ला र गाउँपालिका पुगेर उपचार गर्नसक्ने चिकित्सक तयारी अवस्थामा राखिनु पर्दछ ।

यो भाइरस लागेको कसरी थाहा पाउने ?

कोरोना भाइरस मान्छेको शरिरमा प्रवेश गरेपछि न्युनतम १४ दिनमा पत्ता लाग्ने गरेको छ । कहिँकतै ७ दिनमा पनि पत्ता लागेको छन् । अनुसन्धानले ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु नै मुख्य लक्षण भएको पुष्टी गरेको छ ।

नाइन्टी फाइभ मास्क भनेको विरामीलाई भेट्न जाँदा मात्र लगाउने हो । समान्यतया सर्जिकल मास्क लगाउन सकिन्छ । प्रभावकारी मास्क एननाइन्टी फाइभ हो । तर यो छोटो समय लगाउनको लागि मात्र हो । यो मास्क धेरै बेर लगायो भने स्वास प्रस्वासमा समस्या हुन्छ । त्यसैले सर्जिकल माक्स नै प्रयोग गर्न सकिन्छ । मास्क एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने भएकाले एन नाइन्टीफाइभ मास्क उपयोगी छैन ।

कसरी जोगिने त ?

हात नमिलाउने, नमस्कार गर्ने, मान्छेहरुको समुहमा नमिसिने । मानिस वरपर हाच्छुँ नगर्ने, खोक्दा वा हाच्छु गर्दा रुमालले छोप्ने, हात मिलाउँदा त्यहि हात हामीले नाकमा लान्छौं र स्वासप्रस्वासबाट यो रोग सर्दछ । अँगालो हाल्ने जस्ता कार्य रोक्ने । साबुनपानीले पटक पटक हात धोइरहने । मरेका वा जिउँदो जङ्गली जनावर नछुने वा मासु नखाने । घर भित्रको जनावरबाट भने खतरा छैन । सर्जरी माक्स लगाउने माक्स लगाउँदा सुल्टो लगाउने गर्नुपर्छ ।

मास्क पनि एन नाइन्टी फाइभ मास्कमात्र सुरक्षित भनिएको छ । कस्तो मास्क लगाउन उपयुक्त हुन्छ ?

नाइन्टी फाइभ मास्क भनेको विरामीलाई भेट्न जाँदा मात्र लगाउने हो । समान्यतया सर्जिकल मास्क लगाउन सकिन्छ । प्रभावकारी मास्क एननाइन्टी फाइभ हो । तर यो छोटो समय लगाउनको लागि मात्र हो । यो मास्क धेरै बेर लगायो भने स्वास प्रस्वासमा समस्या हुन्छ । त्यसैले सर्जिकल माक्स नै प्रयोग गर्न सकिन्छ । मास्क एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने भएकाले एन नाइन्टीफाइभ मास्क उपयोगी छैन ।

कस्ता स्थानहरुमा कोरोनाको जाखिम बढी हुन्छ ?

बसमा, मानिसको भीडभाड लाग्ने बजार, पसलमा । सपिङ मल, सार्वजनिकस्थलमा हुने जात्रामात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुनेक्षेत्रमा नै कोरोना चाँदै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोवाइल, लिपिस्टीक, कलम, ल्यापटप, रुमाल, अरुको प्रयोग गर्नुहुँदैन । जसले भाइरस सर्ने ठूलो जोखिम हुन्छ । त्यस्तै सानो बच्चाहरुलाई तेस्रो मान्छेले हत्तपत छुनु हुँदैन यसले बच्चाहरुमो रोग सर्ने ठूलो सम्भावना हुन्छ ।

बसमा, मानिसको भीडभाड लाग्ने बजार, पसलमा । सपिङ मल, सार्वजनिकस्थलमा हुने जात्रामात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुनेक्षेत्रमा नै कोरोना चाँदै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोवाइल, लिपिस्टीक, कलम, ल्यापटप, रुमाल, अरुको प्रयोग गर्नुहुँदैन । जसले भाइरस सर्ने ठूलो जोखिम हुन्छ । त्यस्तै सानो बच्चाहरुलाई तेस्रो मान्छेले हत्तपत छुनु हुँदैन यसले बच्चाहरुमो रोग सर्ने ठूलो सम्भावना हुन्छ ।

 

करिव एक लाखमा ३३ सयको मृत्यु भएको छ । यसले मृत्युदर साढे ३ प्रतिशत देखाउँछ । यो मृत्युदर संक्रमण फैलिएको आधारमा न्युन मान्नुपर्छ

कोरोनाबाट बालबालिकका कम प्रभावित भएका तथ्याङ्क सार्वजनिक भइरहेको छ नि ?

हो । बालबालिकामा कोरोना भाइरसको प्रभाव न्युन भएको पाइएको छ । मृत्यु हुनेमा पनि ४८ वर्ष उमेर समुहभन्दा माथिका छन् । बालबालिकामा प्रभाव कम देखिनुको कारण रोग प्रतिरोधात्मक शक्ति हुनु नै हो । उनीहरुले चुरोट, रक्सी जस्ता कुरा सेवन गरेका हुँदैनन् । त्यसैले पनि बालबालिकामा कोरोना संक्रमण भए पनि मृत्यु भएको तथ्याङ्क भने छैन ।

नेपालमा कोरोना फैलिसकेको थाहा नभएको हो वा नफैलिएकै अवस्था हो ?

अस्पतालहरुमा निमोनियाका रोगीहरुको सँख्या नबढेकाले कोरोना फैलिसकेको छ भन्न सकिन्न । नेपाल र चीन मुलुकका सिमाना जोडिएकाले उच्च जोखिम भने छ । त्यसैले सरकारले सिमाना क्षेत्रमा सावधानी अपनाउनु पर्दछ । विमानस्थल क्षेत्र, अस्पतालहरुमा निगरानी बढाउनु पर्छ ।

यो भाइरसको प्रकोप फैलने दर बढ्यो भने नियन्त्रणमा लिन सक्ला नेपालले ?

कोरोना भाइरसबाट ठूलो सँख्यामा विरामी पर्यो भने मुलुकले ठेग्न सक्दैन । हामीसँग पर्याप्त चिकित्सक छैनन् । पर्याप्त बिरामी राख्ने ठाउँ छैनन् । औषिधिहरुको स्टोर गरिएका छैनन् । स्लाइनको स्टक राख्ने कार्य भएका छैनन् । जसले कोरोनाको महामारी फैलिहाल्यो भने नियन्त्रण गर्न कठिन देखिन्छ । हामीसँग ‘रिस्क कम्युनिकेसनको प्याकेज’ नै छैन । जुन पहिलेदेखि नै प्याकेजका रुपमा सरकारले तयारी अवस्थामा राख्नु पर्दथ्यो ।

अहिले उपचारका लागि के कस्ता प्रयास भएको पाइन्छ ?

चीनकै वुवानमा पनि एन्टि भाइरसहरुको समिश्रण गरेर ट्रायलका रुपमा दिइरहेका छन् । अन्य मुलुकमा पनि यसरी उपचारका प्रयास भएका छन् । ८४ देशमा यो फैलिसकेको सार्वजनिक भएको छ । नेपालमा फैलिहालेमा नियन्त्रण गर्न गाह्रो छ । पहिलो ६ महिना लगाएर हिंडेर पुग्ने देशमा अहिले छोटो समयमै तुरुन्तै एक अर्काको देशमा पुग्न सकिने भएकाले यो भाइरसले सर्नेक्रम व्यापक बन्दै गएको छ ।

सरकारले कस्तो तयारी गर्नुपर्ला ?

हामीसँग पूर्व तयारीको योजना हुनुपर्छ । तर, नेपालसँग त्यस्तो कुनै योजना छैन । युरोपमा ‘एन्टि स्पिटीङ ल’ भनेर सडकमा थुक्न समेत नपाउने नियम छ । तर हाम्रोमा त्यस्तो कुने ऐन छैन । सरकारले कोरोना नियन्त्रण गर्न सबै स्थानीय तहलाई अलर्ट राख्नुपर्छ । जहाँ संक्रमित बिरामी भेटियो त्यहि गाउँपालिका वा नगरपालिकामा क्यारेन्टाइन राखेर उपचारका लागि चिकित्सक पुर्याउने व्यवस्था गर्न सकिन्छ । गाउँगाउँ सम्म सचेतनाका अभियान सञ्चालन गर्न आवश्यक छ । यो घटनाहरुबाट सिकेर सरकारले अहिलेदेखि नै पूर्व तयारी नगरे कुनै बेला मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ । सरकारले हरेक प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरि नयाँ चिकित्सक भर्ना लिई उपचारको लागि तयारी अवस्थामा राख्नुपर्दछ । अर्को कुरा नेपालमा भाइरोलोजीको अध्ययन अध्यापन नहुँदा यो रोगका विज्ञ चिकित्सक निकै कम छन् । ती भएका चिकित्सकहरुबाट अन्य चिकित्सकहरुलाई तालिम दिएर भए पनि सरकारले हरेक जिल्ला र गाउँपालिका पुगेर उपचार गर्नसक्ने चिकित्सक तयारी अवस्थामा राखिनु पर्दछ । जहाँ कोरोना संक्रमित भेटियो त्यहि स्थानमा । किनकी कोरोना संक्रमितलाई काठमाडौं वा टाढाका उपचार केन्द्रमा पु¥याउने बेला उसले अरुलाई समेत संक्रमणमा पुर्याउन सक्दछ ।

यो भाइरसबाट संक्रमण दरको तुलनामा मृत्युदर कम हो भन्न सकिन्छ ?

यो भाइरस छोटो समयमै विश्वभरका ८४ मुलुकमा फैलिसकेको छ । करिव एक लाखमा ३३ सयको मृत्यु भएको छ । यसले मृत्युदर साढे ३ प्रतिशत देखाउँछ । यो मृत्युदर संक्रमण फैलिएको आधारमा न्युन मान्नुपर्छ । कुल संक्रमणको २० प्रतिशत अस्पताल आइसियुमै भर्ना गर्नुपर्ने तथ्याङ्कमा देखिएको छ । यसको ‘अट्याक्ट रेट’ बढी छ । तर मृत्यु दर कम छ । हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo