मापसे चेकजाँच गर्दा कोरोना सर्ने सम्भावना कति ? -(भिमप्रसाद ढकाल, ट्राफिक प्रहरी प्रमुख)

मापसे चेकजाँच गर्दा कोरोना सर्ने सम्भावना कति ? -(भिमप्रसाद ढकाल, ट्राफिक प्रहरी प्रमुख)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वका ८० भन्दा बढी देशमा कोरोना भाइरसको प्रकोप फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेकाले नेपालमा पनि यसको प्रकोपबाट बच्नको लागि सरकारले विभिन्न कामहरु गरिरहेको छ । यता ट्राफिक प्रहरीले पनि कोरोनाबाट सजक रहनका लागी मापसे जाँच गर्न पनि बन्द गर्ने योजना बनाएको सन्दर्भमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालसँग केन्द्रविन्दुले गरेको कुराकानीः

केन्द्रबिन्दुः हेल्लो सर, नमस्कार भिमप्रसाद ढकाल सर बोल्दै हुनुहुन्छ ?

ट्राफिक प्रमुखः हजुर बोल्दैछु सर, कहाँबाट को बोल्नु भयो ?

केन्द्रबिन्दुः केन्द्रबिन्दु मिडियाबाट, सर अहिले कोरोना भाइरसको प्रभावले ट्राफिक प्रहरीले गर्दै आएको मापसे जाँच बन्द गर्ने भएको हो ?

ट्राफिक प्रमुखः कोरोनाको प्रभाव त हो, तर मापसे चेक नै बन्द गर्ने भनेको छैनौं हामीले ।

केन्द्रबिन्दुः खास कुरा के हो त ?

ट्राफिक प्रमुखः हामीले मापसे जाँच दुई तरिकाबाट गर्दै आएका छौं । एक मापसे गरेको छ की छैन भनेर प्रहरीले ड्राइभरको मुख सुँघ्ने र अर्को मेसिन मुखमा राखेर गर्ने गरेकोमा मुख सुँघ्ने चाँही बन्द गर्ने भन्ने हो ।

केन्द्रबिन्दुः यो बाहेक ट्राफिक प्रहरीले केके गर्दै छ, कोरोना भाइरसबाट बच्नको लागी ?

ट्राफिक प्रमुखः यो एउटा प्रकोपको रुपमा फैलिएकाले सबै सचेत हुन जरुरी छ । यसका लागी ट्राफिक प्रहरीहरु नागरिकहरुसँग नै रहने भएकाले माक्सको प्रयोग गर्ने र धेरै मानिसहरु भिडभाडमा नबस्ने जस्ता काम अगाडि बढाएका छौं ।

केन्द्रबिन्दुः जानकारीका लागी धन्यवाद सर ।

ट्राफिक प्रमुखः धन्यवाद

Skip This
Skip This
Logo