‘आत्मविश्वासले आधा रोग निको हुन्छ’ : बासु आचार्य, मनोविश्लेषक

‘आत्मविश्वासले आधा रोग निको हुन्छ’ : बासु आचार्य, मनोविश्लेषक

केन्द्रबिन्दु
0
Shares

यतिबेला दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जाँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वासको मुक्तकण्ठले प्रशंसा भइरहेको छ । आखिर उनमा यस्तो आत्मबल कसरी आयो त ? यसै विषयमा मनोविश्लेषक बासु आचार्यसँग केन्द्रबिन्दुकी संवाददाता सृजना राईले ५ प्रश्न गरेकी छिन् ।

१. ठूला रोगीहरुको मानसिकता कस्तो हुन्छ ?
मस्तिष्कमा सेरोटोनिन् लेभल ठिक भएकाहरुको जस्तो सुकै ठूला रोग अथवा सामान्य समस्यामा पनि आफूले आफैंलाई सहन सक्ने र आफूलाई धैर्य गर्न सक्ने क्षमताको विकास गर्नसक्छ । तर सेरोटोनिन् मस्तिष्कमा न्यूरोकेमिकलहरु थपघट भएकाहरुले आफूलाई सहन सक्ने क्षमता विकास नगरेर सानोतिनो चिन्ता, रोग, चोटपटक, समस्यामा पनि आत्तिने बेचैन हुने छटपट हुने र बढि डराउने हुन्छ ।

२. मिर्गाैला रोगीहरुको मानसिकता कस्तो हुन्छ ?
सबैजना निराश भइसकेको हुदैन, कोही कोहीले मात्र आशा मारेका हुन्छन् । डाक्टरले हौशला प्रदान गर्दा पनि भयो अब सकियो बर्बाद भयो भन्दै आफूलाई कमजोर बनाएर हार खानेहरु मानसिक रोगमा पर्छन् र औषधी प्रयोग गर्ने सम्म पुग्छन् । मानसिक रुपमा जो बलियो हुन्छ आफूलाई सम्हाल्न सक्ने रणनीति बनाएर बसेको हुन्छ ती व्यक्तिहरुमा जस्तो सुकै ठूला रोगहरुसँग पनि लड्ने क्षमता हुन्छ । आत्मविश्वासले आधारोग निको हुन्छ ।

३. प्रधानमन्त्री केपी ओलीमा यति धेरै आत्म विश्वास कसरी आयो?
प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभएको छ । त्यो साहस, निर्धक्कपन, ढुक्क, शान्त, सजिलोपन भनेको उहाँले यर्थाथतालाई बझ्नु भएको हो । यो तरिकाले नबुझेसम्म मलाई शान्ती हुने छैन । यो तरिकाले आफूले आफूलाई बुझ्दा मृत्यु, स्वास्थ्य, भविष्यदेखि विगतका रोगको घटनालाई बुझ्दा उहाँले आफूलाई पहिले जस्तो हुनुपर्नेछ । जे परिस्थिती भएपनि स्वीकार्ने छु र स्वास्थ भए राम्रोसँग देश र जनताको सेवा गर्नेछु , सोचेर उहाँले आफ्नो सही मनोवैज्ञानिक आफंै बनिदिनु भएको हो ।

४.आत्मविश्वासले कस्ता प्रभाव पार्छ ?
मानसिक समस्या नभएकाहरु, मनो पीडाले ग्रसित नभएकाहरु र आफूले आफूलाई बझ्न सक्नेहरु आफूलाई मज्जाले प्रस्तुतिकरण गर्न सक्छन् । त्यसैले सम्पूर्ण अवस्थालाई स्वीकार्न सक्नेहरुलाई औषधीको जरुरत पर्दैन ।

५. नेपालमा नै उपचार गराउनुको कारण के हो?
नेपालमा राम्रो, सक्षम, डाक्टर, सर्जनहरु छन् भन्ने उहाँले देखाउन खोज्नु भएको हो । विदेशमा जहाँ गरेपनि एउटै स्टाटिजी हो । डाक्टरले राम्रोसँग ब्रिफिङ् गरेको हुनुपर्छ । त्यही कुराहरुलाई उहाँले धेरै ब्याख्या र विश्लेषण नगरी स्वीकारिदिनु भएको जस्तो लाग्छ ।

Skip This
Skip This
Logo