प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणकाे नेतृत्व डा. प्रेमराज ज्ञवालीले गर्ने

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणकाे नेतृत्व डा. प्रेमराज ज्ञवालीले गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।

प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए । प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।

१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । चिकित्सकहरुले दोस्रो प्रत्यारोपणको विकल्प नभएको सुझाएपछि प्रधानमन्त्रीले दाेस्राे पटक प्रत्याराेपण गर्न लागेका हुन‌् ।

Skip This
Skip This
Logo