धेरै बिरामी भइरहनुहुन्छ ? यस्तो हुन नदिन के गर्ने ?

धेरै बिरामी भइरहनुहुन्छ ? यस्तो हुन नदिन के गर्ने ?

केन्द्रबिन्दु
0
Shares

तपाईंहामी के देख्छौँ भने कतिपय मानिस बारम्बार बिरामी भइरहन्छन् । सधैं न्याङन्याङ र झ्याउँझ्याउँ गरिरहन्छन् । एउटा व्यथाबाट पार पाइसकेको हुदैन, अर्कोले दपेटिहाल्छ । सधैँको हीँ हीँ । के तपाईंको परिवारका सदस्यलाई पनि यसप्रकारको समस्या छ ? छ भने बुझ्नुस्, यसो हुनुको कारण इम्युन सिस्टम वा रोगप्रतिरोधी क्षमता कमजोर हुनु हो ।

इम्युन सिस्टम बलियो बनाउनका लागि जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्छ । यहाँ हामी खानपानका विषयमा कुरा गर्दै छौँ । केही खानपान त्यस्ता छन् जसले रोगप्रतिरोधक क्षमता बलियो पार्न मद्दत गर्छन् । त्यस्ता खानेकुरालाई आफ्नो नियमित भोजनममा समावेश गर्ने हो भने सधैँ बिरामी भइरहने समस्याबाट छुटकारा पाउन सकिन्छ । के के छन् त त्यस्ता खानेकुरा ? हेरौँ,

स्याउ

भनाइ नै छ, दिनको एउटा स्याउ खाने मानिसले डाक्टर र अस्पतालको मुख देख्न पाउँदैन । यस भनाइको आशय नियमित स्याउनको सेवन गरे थुप्रैथरी रोग लाग्नबाट बच्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरू यो कुरालाई शतप्रतिशत सत्य हो भन्दछन् । किन त ? स्याउमा त्यस्ता धेरै पोषक तत्व हुन्छन् जसले हाम्रो रोगप्रतिरोधक क्षमता बढाउँछ । स्याउमा भिटामिन ए, बी १, बी २, बी ६, सी, ई, के आदि पाइन्छन् । यसका साथै स्याउमा म्याग्निज, कपर, पोलिफेनल्सजस्ता पोषक तत्व पनि पाइन्छन् । जसले गर्दा स्याउ अत्यन्त हितकारी फलका रूपमा दरिएको छ ।

बदाम

बदाममा भिटामिन ई, म्याग्निज, म्याग्नेसियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा फाइबर पनि धेरै हुन्छ । यसको सेवनले रोग प्रतिरोधक प्रणाली अत्यन्त बलियो बन्दछ । वर्षाको समयमा देखा पर्ने मौसमी स्वास्थ्य समस्यासँग लड्न पनि बदामले ठूलो सहयोग गर्छ ।

सखरखण्ड

हुन त सखरखण्ड हिउँदमा बढी पाइन्छ, तापनि अहिले यो हरेक मौसममा पाउन सकिन्छ । यसमा प्रशस्त मात्रामा बीटाक्यारोटिन पाइन्छ । बीटाक्यारोटिन भिटामिन ए को भरपर्दो स्रोत हो । यसको नियमित सेवनले तौल घटाउन पनि मद्दत पुग्छ । बीटाक्यारोटिनले हाम्रो रोगप्रतिरोधक क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले सूर्यबाट आउने हानिकारण किरणबाट छालाको रक्षा गर्छ । यसका साथै छाला स्वस्थ राखेर छालासम्बन्धी समस्या हुन नदिन पनि यसको ठूलो भूमिका हुन्छ ।

अमिला फलफूल

विभिन्न प्रकारका अमिला फलफूलमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन सीले शरीरमा सेतो रक्तकोष बढाउँछ । कारणस्वरूप शरीरको रोगप्रतिरोधक शक्ति सबल हुन्छ र हतपति कुनै रोगले आक्रमण गर्न सक्दैनन् । स्वास्थ्य विशेषज्ञका अनुसार हाम्रो शरीरले भिटामिन सीलाई शरीरमा जम्मा गरेर राख्न सक्दैन, त्यसैले नियमित रूपमा भिटामिन सीयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ । कागती, सुन्तला, निबुवाजस्ता अमिला फलफूलहरूमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ ।

ग्रीन टी

हालसालै भएको एक अनुसन्धानले अन्य ताता पेय पदार्थको तुलनामा ग्रीन टी र हर्बल टी पिउने व्यक्तिको रगतमा दस गुणा बढी एन्टी भाइरस तत्व हुने बताएको छ । ग्रीन टीमा एमिनो एसिड एवं एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन ठूलो सहयोग गर्छ ।

Logo