गर्धन दुख्दा के के कुरामा ध्यान दिने ?

गर्धन दुख्दा के के कुरामा ध्यान दिने ?

केन्द्रबिन्दु
0
Shares

अचेल गर्धन दुख्ने समस्याले धेरैलाई पिरोल्ने गरेको छ । गर्दनको दुखाइले गर्दा काम गर्न मात्रै होइन कहिलेकाहीँ त खानपिन गर्नसमेत गाह्रो हुने गर्दछ । तर, बेलैमा ध्यान दिन सके यस्तो दुखाइबाट जोगिन सकिने बताउँछन् हिमालयन योग तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर यञ्जन गैह्रे ।

पढ्नुहोस् डा. गैह्रेको टिप्स  

कुुनै पनि सामान बोक्ने र उचाल्ने गर्दा गर्दनमा क्षति नहुने गरेर उचाल्ने गर्नुपर्छ । टाउकोमा सामान राखेर बोक्नु राम्रो हुँदैन ।

लामो समयसम्म लगातार कम्प्युटरमा काम गर्ने, गाडी चलाउनेजस्ता काम नगर्ने, नियमित अन्तरालमा विश्राम लिने ।

मनतातो तोरीको तेलमा दुखाइ कम गर्ने तेल २-३ थोपा मिसाएर बिहान र बेलुका हल्का मालिस गर्ने ।

यात्रा गर्नैपर्दा पछिल्ला सिटहरूमा नबस्ने । खाल्टाखुल्टीमा ध्यान दिने । यात्रा गर्दा सर्भिकल कलरको प्रयोग गर्न सकिन्छ ।

नियमित शारिरिक व्यायाम गर्ने बानी बसाल्ने तर गर्दनमा असर गर्ने गरी कुनै पनि व्यायाम नगर्ने ।

सम्बन्धित डाक्टरले दिएको सल्लाह, सुझावअनुसार नियमित व्यायाम गर्ने ।

गर्दन दुख्ने समस्या भएकाहरूले धेरै अग्लो तकियामा नसुत्ने । घोप्टो पनि नसुत्ने र तकियाले गर्दनलाई सपोर्ट हुने गरी सुत्ने ।

बढी लच्केको वा धेरै कमलो खाले तकिया र बिछ्याउनाको प्रयोग नगर्ने ।

Logo