तनाव कम गर्ने १० टिप्स

तनाव कम गर्ने १० टिप्स

केन्द्रबिन्दु
0
Shares

चिंता चिता समाह्युक्तो विन्दु मात्रा विशेषतः
सजीवं दहते चिंता निर्जीवं दहते चिता ।।
अर्थात् चिन्ता र चिताका बीच एउटा विन्दु अर्थात् थोप्लो मात्रै फरक छ, चिन्ताले सजीवलाई डढाउँछ भने चिताले निर्जीवलाई खरानी बनाइदिन्छ ।

चिन्ता वा तनाव वर्तमान समयको ज्वलन्त समस्या भएर देखा परेको छ । यो समस्याबाट पीडित व्यक्तिहरू बाहिरबाट हेर्दा सामान्यझैँ देखिए पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन् । तनावका कारण उनीहरूको संसार उराठ, जिन्दगी निरस अनि सर्वस्व धरापमा परेको हुन्छ । त्यसैले यस्तो समस्याबाट जतिसक्दो छिटो निस्कनु राम्रो हुन्छ ।

निस्कन त निस्कने तर कसरी ? के छन् त तनावरहित भएर बाँच्ने उपाय ? हेरौँ

–तनाव उत्पन्न गराउने कारक तत्वबाट सकेसम्म टाढा रहने ।

–सकेसम्म शान्त भएर बस्न प्रयास गर्ने ।

–यति गर्दा पनि तनाव आइरहन्छ, त्यसलाई पन्छाउन सकिँदैन भन्ने लाग्यो भने त्यसप्रति उपेक्षाभाव राख्ने ।

–दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्यधारण गर्न प्रयास गर्ने ।

–मनभित्र दबिएर बसेका भावना वा कुण्ठालाई बाहिर निकाल्ने ।

–सम्भव भएसम्म खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने ।

–सत्संग गर्ने । सकारात्मक भावनायुक्त साथीसँगीसित मात्र संगत गर्ने ।

–सात्विक वा सादगीपूर्ण आहारविहार एवं जीवनशैली अँगाल्ने ।

–गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । नियमित योगाभ्यासका साथै दैनिक कम्तीमा २० मिनेट ध्यान गर्ने ।

–यति गर्दा पनि तनावसम्बन्धी मानसिक तथा शारीरिक लक्षण देखा परेको अवस्थामा चिकित्सकको परामर्श लिने ।

Logo