यौनशक्ति बढाउने मन छ ? यसो गर्नुस् !

यौनशक्ति बढाउने मन छ ? यसो गर्नुस् !

केन्द्रबिन्दु
0
Shares

यौन जीवनको केन्द्र हो । यो विषयमा कसैले खुलेर कुरा गर्छन् भने कसैले भित्रभित्रै कुण्ठा पालेर बस्छन् तर यौनको कल्पना नगरी वा नसोची बस्नसक्ने मानिस बिरलै पाइन्छन् । तसर्थ यो हरेकको चासो, रोमाञ्च अनि चिन्ताको विषय बनेको पाइन्छ ।

जवान वा परिपक्व भएपछि पुरुष हुन् वा महिला, यौनक्रियामा संलग्न हुन लालायित हुने गर्छन् । शरीरको स्पर्श, नजरको हेराइ, कर्णविवरमा मधुर सुनाइ अनि यौनांग घर्षणको चाहना प्रकृतिले नै मानिसको मस्तिष्कमा बीजारोपण गरिदिएको छ । तसर्थ यो विषयलाई स्वच्छ एवं प्राकृतिक तवरले ग्रहण गर्नु नराम्रो होइन, बरु यो त कुण्ठालाई निकास दिने स्वाभाविक मार्ग हो ।

यद्यपि कतिपय अवस्थामा यौनका विषयमा मानसिक तयारी पूर्ण हुन्छ तर शरीरले साथ दिँदैन, कतिपय बेला शरीर र मन दुवैले ठाउँ छोड्छन् । फलस्वरूप्रकृतिप्रदत्त परमानन्दबाट बञ्चित हुनुपर्ने अवस्थासमृत आइलाग्नसक्छ । त्यसो भए के गर्ने त ?

केही उपाय छन् । खानपानमा सन्तुलन, जीवनशैलीमा सन्तुलन अनि समग्रमा सन्तुलन कायम गरेर यौन जीवनको भरपूर आनन्द उठाउन सकिन्छ । केही त्यस्ता खानेकुरा छन् जसको सेवनले शिथिल भइसकेको यौनशक्तिलाई पुनःजागृत गर्न सहयोग गर्छ । अनि केही त्यस्ता उपाय छन् जजसलाई अँगालेर यौनजीवनको मधुर सन्तुष्टि हासिल गर्न सकिन्छ । ती के हुन् त ? हेरौँ,

यौनशक्ति बढाउने खानेकुराहरू

खरबुजा

गर्मी मौसममा पाइने यो फलले यौनशक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्राले जस्तै काम गर्छ र यौनेच्छा तीव्र रूपमा बढाउँछ । खरबुजामा लाइकोपीन, बीटा केरोटीन र सीट्रलाइनजस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छन्, जसले रक्तप्रवाहलाई सुचारु गर्न सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।

केरा

केरा यौनस्वास्थ्यको लागि उपयुक्त हुन्छ । यसमा पाइने ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यसअतिरिक्त केरामा भिटामिन सी, ए र बी १ पर्याप्त मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा एमिनोे एसिड प्रशस्त मात्रामा हुन्छ, जुन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरूको लिंग लामो समयसम्म उत्तेजित बनाइराख्न सहयोग गर्छ ।

हरियो खुर्सानी

हरियो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन, यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरियो खुर्सानी सेवन गर्नाले पुरुषको गुप्तांगवरपरका अंगहरूमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँले महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन सहयोग गर्छ । त्यसमा जिंक, क्याल्सियम, पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा जागृत गर्न सहयोग गर्छ ।

डार्क चक्लेट

डार्क चक्लेटले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एलआर्जिनिन र एमिनो एसिड हुन्छ, जसले यौन चाहनालाई प्राकृतिक तरिकाले बढाउन सहयोग गर्छ ।

अण्डा

अण्डाले प्राकृतिक रूपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ ऊर्जा थप्ने काम गर्छ ।

यौनशक्ति वृद्धि गर्ने अन्य उपायहरू

तनावमुक्त रहने

तनावले हाम्रो हृदयगति बढाउँछ, जसका कारण ब्लडप्रेसर पनि बढ्छ । यसको नकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ । तनावबाट बच्नका लागि यसलाई मनमा राख्नुभन्दा आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । यसो गर्दा मनको बोझ कम हुनुका साथै पार्टनरसँगको सम्बन्ध पनि बलियो हुन्छ । तनाव कम गर्नका लागि नियमित योग, ध्यान एवं व्यायाम गर्नु आवश्यक छ ।

पर्याप्त सुत्ने र मोटोपन कम गर्ने

यौनेच्छा बढाउन दैनिक आठ घण्टा सुत्नु आवश्यक हुन्छ । तौल नियन्त्रित राख्नु पर्छ, मोटोपनाले पनि यौनेच्छामा नकारात्मक प्रभाव पार्छ । त्यसैले तौल बढ्न दिनु हुँदैन ।

केही नयाँ गर्ने

प्रायः दम्पती वा प्रेमीप्रेमिकाले यौनसम्पर्क राख्दा एकै किसिमको तरिका पछ्याउने गर्छन् । यसबाट अन्य जीवनशैलीजस्तै यौन पनि एउटा रुटीनजस्तो बोरिङ एवं नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका लागि केहि नयाँ ट्राई गर्नुपर्छ । सम्बन्धलाई ताजा बनाउन नयाँ कुराहरूको अति नै आवश्यक हुन्छ ।

Logo