पुल्चोकमा सञ्चालनमा आयो यल स्वास्थ्य सेवा केन्द्र

पुल्चोकमा सञ्चालनमा आयो यल स्वास्थ्य सेवा केन्द्र

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले पुल्चोकमा यल स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको सेवा दिने उक्त केन्द्रको मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यमा एउटा अस्पतालका रुपमा नै यो सेवा केन्द्रको सुरुवात गरेको उनले बताए ।

स्वास्थ्य बिमा कार्यक्रमलाई राम्रोसँग अगाडि बढाउन महानगरपालिकाका तर्फबाट गर्नुपर्ने काममा कमीकमजोरी नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

उनले भने, ‘यो स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रोसँग अगाडि बढ्छ भन्ने कुरा अहिले नै देखिएको छ । यसमा महानगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा अलिकति पनि कमीकमजोरी नगर्ने बचन मैले पनि व्यक्त गर्न चाहन्छु ।’

यस्तै, उनले स्वास्थ्य बिमाको सन्दर्भमा बिगतमा धेरै अनावश्यक कुराहरु प्रचारमा आएका थिए । त्यसले गर्दा जनप्रतिनिधिहरु सशंकित थिए, त्यसका कारण यो कार्यक्रम अनुसरण गर्न केही ढिला भएको जिकिर उनले गरे ।

उनले भने, ‘यो स्वास्थ्य बिमा कार्यान्वयन गर्ने सन्दर्भमा ललितपुर महानगरपालिका धेरै पछाडि परेको थियो । २०७२ सालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हामीले भर्खर सार्वजनिक गर्न जाँदै छौ । हामी अलि ढिला भयौं तर पनि केही फरक परेन । पछिल्लो समय यो बिमाको बारेमा धेरै अनावश्यक कुराहरु सुन्नमा आएको छ, त्यसकारण पनि हामी अलि सशंकित थियौं ।’

Logo