नरदेवीमा सञ्चालित केएमसीको स्वास्थ्य शिविरमा ६१३ बिरामीले गराए निःशुल्क उपचार

नरदेवीमा सञ्चालित केएमसीको स्वास्थ्य शिविरमा ६१३ बिरामीले गराए निःशुल्क उपचार

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले काठमाडौँको नरदेवीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार काठमाडौँ महानगरपालिका वडा नं ८, लाइन्स क्लब अफ काठमाडौँ, लालीगुराँस लाइन्स क्लब अफ काठमाडौँ डाँफेकाे सहकार्यमा शहरी स्वास्थ्य प्रबर्धन केन्द्र नरदेवीमा निःशुल्क शिविर सञ्चालन गरिएकाे हाे ।

शिविरमा ६१३ बिरामीले लाभ लिएका छन् । जसमा ४२ जनाको ईसीजी, ८९ जनाको भिडियो एक्सरे, १०३ जनाको ल्याब परीक्षण तथा गरिएको थियो भने १९ जनाको दाँत खोलिएको र ३३ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिल शर्माले नेतृत्व सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि सांसद शर्मा केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेश निस्किएका थिए । डडेल्धुरा, बैतडी र दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हजारौंले स्वास्थ्य लाभ लिएका छन् ।

Logo