पुरुषको यौन तथा प्रजनन क्षमता बृद्धि गर्ने १० खानेकुरा

पुरुषको यौन तथा प्रजनन क्षमता बृद्धि गर्ने १० खानेकुरा

केन्द्रबिन्दु
0
Shares

यौन तथा प्रजनन क्षमता मानव जीवनको महत्वपूर्ण हिस्सा हो । यसको कमजोरीले दाम्पत्य जीवनमै नराम्ररी असर पर्न जान्छ ।  तसर्थ आफ्नो दाम्पत्य जीवन सुखी र समझदार बनाउनका लागि यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ।
प्रस्तुत छ, यौन तथा प्रजनन क्षमता वृद्धि गर्ने १० खानेकुरा
स्याउ
स्याउको सेवनले पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ । काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ ।
लसुन
लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजनन क्षमता बढाउन धेरै मद्दत गर्छ ।
केरा
केरामा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।
पालुंगो
पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।
खुर्सानी
खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।
गोलभेंडा
गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।
तरबुजा
तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।
भिटामिन ‘सी’ युक्त फल
भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।
अनार
अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ ।

Logo