अर्घाखाँचीमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा ठप्प

अर्घाखाँचीमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा ठप्प

केन्द्रबिन्दु
14
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन ।

छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि एक वर्षदेखि दक्ष जनशक्तिको अभावमा सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताएका छन् ।

भिडियो एक्स–रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि सेवाग्राहीहरु भिडियो एक्स–रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन् । भिडियो एक्स–रे सञ्चालन नहुँदा गर्भवती महिला बढी मर्कामा परेको चिकित्सक आरोग्य खनालले बताए ।

उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी, ल्याब, बीमालगायत सेवाहरु प्रदान हुँदै आएकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दा पनि लाभान्वित हुँदै आएका थिए । जर्नल एकस–रे पनि दक्ष जनशक्तिको अभावमा सोही केन्द्रका कार्यालय सहयोगी रेनुप्रसाद खनालले सञ्चालन गर्दै आएका थिए । तालिमको भरमा सात वर्षदेखि एक्स–रे सञ्चालन गर्दै आए पनि अहिले प्राविधिक समस्याका कारण यो पनि चालाउन नसकिएको उनको भनाइ थियो ।

Logo