काठमाडौं मेडिकल कलेजमा ब्रेन ट्युमर सम्बन्धी कार्यशाला, अपडेटहरूबारे छलफल गर्न ल्यायाे १५ जना संकाय

काठमाडौं मेडिकल कलेजमा ब्रेन ट्युमर सम्बन्धी कार्यशाला, अपडेटहरूबारे छलफल गर्न ल्यायाे १५ जना संकाय

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। काठमाडौं मेडिकल कलेजका न्यूरो सर्जरी विभागले ब्रेन ट्युमर शल्यक्रियामा नयाँ अपडेटहरूबारे छलफल गर्न र नयाँ प्रविधिहरू परिचय गर्न विभिन्न विषयका १५ जना संकायहरूलाई ल्याएको छ। २०२४ काे फेब्रुअरी २७ र २८ मा विभागले ब्रेन ट्युमर शल्यक्रियामा नयाँ अपडेटहरूबारे छलफल गर्न १५ जना संकायहरूलाई ल्याएको हाे।

GLIOMA कार्यशाला २०२४ मा नेपालभरका ५६ जना डाँक्टरहरु मुख्यत: न्यूरोसर्जन रन्यूरोसर्जिकल प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यशाला न्यूरो सर्जरी विभागका प्रमुख प्रा. अमित थापा र जर्मनी कोडसेलडोर्फका प्रख्यात न्यूरो–अन्कोसर्जन प्रोफेसर माइकल साबेल रप्रोफेसर मेरियन र्यापले आयोजना गरेका थिए।

काठमाडौं मेडिकल कलेजका न्यूरो सर्जरी विभागले प्रयोग गरेको नवीनतम प्रबिधि र ब्रेन ट्यूमर सम्बन्धित शल्यक्रियाको विडियो र अभिलेखहरु हेरेर जर्मनीका न्यूरो–अन्कोसर्जनहरु प्रभावित भएर भविष्यमा जर्मनीका विद्यार्थीहरु यहाँ आएर नेपालमा भईराखेको उत्कृष्ट कामबाट सिक्न सक्नु र उहाँहरूले नेपालका न्यूरोसर्जनहरुसँग कॉलेबोरेटिव कामहरु गर्नको लागी आफ्नो इच्छा प्रकट गरेका थिए।

कार्यशालाका पाठ्यक्रमले भर्खरको प्रमाणमा आधारित अभ्यासहरू मात्र होइन,अल्ट्रासाउन्ड, इन्ट्राअपरेटिभ न्यूरोमोनिटरिङ प्रणाली, टिश्यूफ्ल्यूरोसेंसमा आधारित सर्जिकल प्रविधिहरू र क्याभिट्रोन एस्पिरेटरहरूको प्रयोग सम्बन्धी विभिन्न ह्यान्ड्स–अन सत्रहरू मार्फत नेपाली शल्यचिकित्सकहरूमा मस्तिष्क ट्यूमरको शल्यक्रियाबाट व्यवस्थापन गर्ने रुचि र सीपहरू सिर्जना गर्न सक्षम भएको छ।

यस कार्यशालाको मुख्य विशेषता भनेको ब्रेन ट्युमरको शल्यक्रियालाई झन प्रभावकारी बनाउनु हाे। 5 ALA भन्ने फ्लोरोसेंट डाई, ट्यूमर कोशिकाहरू द्वारा लिइन्छ र यसलाई शल्यक्रियाको समयमा पहिचान गर्न सकिन्छ जुन कहिलेकाहीं माइक्रोस्कोप मुनि पनि सामान्य बत्तीहरूमा गाह्रो हुन्छ।

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार नेपालमा ब्रेन ट्युमरले हरेक वर्ष १.३% नयाँ व्यक्तिहरु प्रभावित भएकाे जनाएकाे छ। नेपालमा सबै उमेरका मानिसको मृत्युको १५ औँ प्रमुख कारण हो। प्रा. अमित थापाले समयमै प्रारम्भिक पहिचान गर्न सके रोगको निदानको लागि कुञ्जी भएकाे बताउँछन्। काठमाडौं मेडिकल कलेजमा, पछिल्लो २ वर्षमा रेडियो–डायग्नॉसिट्कमा उल्लेखनीय प्रगति भएको छ, पछिल्लो १२८ स्लाइस सीटी स्क्यान र ३ टेस्ला एमआरआईले कैंसर डायग्नोसिस प्रभावकारी भएका छन्।

न्यूरोसर्जरी विभागले दक्षिणपूर्व एशियाका केही केन्द्रहरूमा मात्र उपलब्ध नवीनतम उपकरणहरूर ग्याजेटहरू, रोबोटिक बायोप्सी, रोबोटिक माइक्रोस्कोप, नवीनतमनेभिगेसन प्रणाली र इन्ट्राअपरेटिभ अल्ट्रासाउन्ड र न्यूरोमोनिटरिङप्रणालीहरूको सफल प्रयोग गर्दे आएको छ।

नेपाली काँग्रेसका प्रभावशाली नेता, माननीय सासंद तथा केएमसीका प्रमुख सुनिल शर्माको नेतृत्वमा यो सबै सम्भव भएको केएमसीका प्रबन्धक नारायण दाहालले बताए।

Logo