कामको प्रेसर अफिसकै लागि खतरा

कामको प्रेसर अफिसकै लागि खतरा

केन्द्रबिन्दु
0
Shares

कामको प्रेसरले व्यक्तिको स्वास्थ्यमा खतरा हुने बिभिन्न तथ्यहरु सार्वजनिक भएका छन्।

त्यसैले बेला बखत छुट्टी लिएर मूडफ्रेश हुनुपर्छ। अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ ।

अमेरिकास्थित सिरैक्युज विश्वविद्यालयका सहायक प्राध्यापक ब्रायस ह्य्रुस्काले भने, ‘हामीले पछिल्लो १२ महिलामा अक्सर कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम पाएका छौं ।’ मेटाबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ ।

जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ ।

कर्मचारीलाई दवाव दिएपछि छिटोछरितो काम हुन्छ र उच्च प्रगति हासिल गर्न सकिन्छ भन्ने व्यवस्थापकको बुझाइ हुन्छ। त्यसैले कर्मचारीहरुमाथि अनावश्यक प्रेसर थोपरिन थाल्छन्।  तर, यस्तो प्रेसरले भने कर्मचारीको स्वास्थ्यसंगै अफिसको काममा समेत असर पार्ने अध्ययनले देखाएको छ ।

Logo