आज विश्व मिर्गौला दिवस मनाइँदै

आज विश्व मिर्गौला दिवस मनाइँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ।

यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ। विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहान रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन्। उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ।

तथ्याङ्कअनुसार प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ। विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ।

Logo