असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ फाईदा

असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ फाईदा

केन्द्रबिन्दु
0
Shares

असार महिना अर्थात ‘मुठी रोपेर मुरी फलाउने’ दिन ।  आज असार १५ गते। आजको दिनलाई दही चिउरा खाने दिन भनेर चिनिन्छ ।

हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ । शुभकार्यमा दहीको प्रयोग गरिन्छ । यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ । रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने, शरिरको आलस्य हराउने र शरिर पनि फुर्तिलो ह्न्छ भन्ने मान्यता छ ।

चिउरा पच्न समय लाग्ने भएकोले रोपाईको समयमा किसान व्यस्त हुँदा छिटो र सजिलोको लागि दही चिउरा खाने चलनको सुरुवात भएको मानिन्छ ।

दही चिउराको फाइदा

दहीमा कार्बोहाईड्रेड, चिनी र बोसोको मात्रा कम भएको हुनाले शरिर आलस्य हुँदैन् । असार महिनामा गर्मी हुन्छ । गर्मी र थकानले प्यास लागिरहेको बेला दहीले शितलता प्रदान गर्छ ।

दही खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुन्छ । चिउरामा काब्रोहाइडेटको प्रमुख स्रोत हो । यसमा पाइने पोषक तत्वले शरिरलाई शक्ति दिन्छ । दहीमा शरिरलाई चिसो बनाइराख्ने इन्जाइम पाइने भएकोले शितलता प्रदान गर्छ । दहीले पाचनशक्ति बढाउँछ । पखाला लागेको बेला दही चिउरा खाएमा औषधीको काम गर्छ ।

दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पाइन्छ । दहीमा पाइने एक किसिमको ब्याक्टेरिया हाम्रो शरिरको लागि निकै फाइदाजनक हुन्छ । साथै रोगसँग लड्ने क्षमता पनि बढाउँछ । गर्मीयाममा शरिरमा पानीको मात्रा कम हुन्छ । दहीचिउरा थप स्वादिष्ट बनाउनको लागि चिनी र केरा मिसाएर खाने गरिन्छ । केरा स्वास्थ्यको लागि लाभदायक मानिन्छ । समग्रमा असार १५ मा दही चिउरा खाँदा समयको बचतसँगै स्वस्थ पनि भइन्छ ।

दही स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण मानिन्छ ।

Logo