बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ

बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ

केन्द्रबिन्दु
0
Shares

मानव जीवनमा निद्रा नभई नहुने कुरा हो। तर, बढी निद्रा पनि स्वास्थ्यका लागि घातकसावित बन्छ।

त्यसैले निद्राको सन्तुलन मिलाउनुपर्ने हुन्छ। तर, अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले निद्राको सन्तुलन मिलाउन सकिरहेका छैनन्।  केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

एक अनुसन्धान अनुसार बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्ने देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन । अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । एजेन्सी

Logo