डा.यञ्जन गैह्रे अब हिमालयन योग तथा प्राकृतिक अस्पतालमा

डा.यञ्जन गैह्रे अब हिमालयन योग तथा प्राकृतिक अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

योग तथा प्राकृतिक चिकित्सा क्षेत्रमा चर्चित डाक्टर यञ्जन गैह्रे हिमालयन योग तथा प्राकृतिक अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रियस्तरको विश्व विद्यालयबाट प्राकृतिक उपचार र योग थेरापीमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको संयुक्त पहलमा संचालित यो अस्पतालमा अत्याधुनिक प्रविधिबाट सेवा थालिएको डा. गैह्रेले जानकारी दिए । बदलिदो समाजसँगै बदलिदो खानपिन र व्यस्त तथा सुविधाभोगी जीवनशैलीका रोगको संक्रमण बढ्ने गरेको बताउँदै डा. गैह्रेले प्राकृतिक अस्पतालमा बिना औषधि र बिना अप्रेशन सहज तरिकाले उपचार गरिने बताए ।

‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी’ बनाउने मुख्य उद्धेश्य बोकेको यो अस्पतालमा प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्श र जीवनशैली परामर्शलगायतका उपचार पद्धतीहरु उपलब्ध छन् । अस्पतालमा स्वास्थ्य परिक्षणका साथै ओपिडी, आइपिडी र ल्याव सेवा समेत सञ्चालनमा छ ।

यो अस्पतालमा कम्मर, गर्दन र घुँडा दुखेको र नशा सम्वन्धी रोगहरु, बाथ, जोर्नी र हड्डी सम्बन्धी रोगहरु, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेह, थाइराईड, दम, खोकी, पिनास, माइग्रेन, डिप्रेशन, ग्यास्ट्राइटिक्स, पायल्स, कब्जियत आदिको उपचार हुन्छ ।

डा. गैह्रेले अस्पतालमा पूर्णरुपमा पारिवारिक वातावरणमा दक्ष चिकित्सकको निगरानीमा बिरामीको उपचार हुने जानकारी दिए ।

Logo