गर्मी मौसममा फ्रिजको चिसो पानी पिउनु कति हानिकारक ? जान्नुहाेस् यी कुरा [भिडियाे]

गर्मी मौसममा फ्रिजको चिसो पानी पिउनु कति हानिकारक ? जान्नुहाेस् यी कुरा [भिडियाे]

केन्द्रबिन्दु
112
Shares

अब गर्मीयाम सुरु भएको छ । उफ ! कति उखरमाउलो गर्मी भन्दै चिसो पानी खोज्ने दिन नजिकिएको छ । टन्टलापुर घामबाट धापिएर एकदमै तिर्खा लागेको बेला घटघट चिसो फ्रिजको पानी पिउँदा कति सित्तल र आनन्द महसुस हुन्छ है ? तर के तपाईंलाई थाहा छ, तिर्खा मेटाउनका लागि पिउनुभएको चिसो पानी स्वास्थ्यका लागि कति हानिकारक हुने गर्छ ?

गर्मी मौसममा तिर्खा मेटाउन मानिसहरु चिसो पानी पिउन रुचाउँछन् । यसै सन्दर्भलाई लिएर भएका विभिन्न अध्ययन अनुसन्धानले भने घामबाट धापिएर आउने बित्तिकै चिसो पानी खाँदा स्वास्थ्यलाई असर पर्न सक्ने देखाएका छन् ।आयुर्वेद शिक्षाले पनि चिसो पानीबाट टाढा रहन सल्लाह दिन्छ । अत्याधिक चिसो पानी पिउँदा यसले ऊर्जा घटाउँछ र मृगौला कमजोर बनाउँछ।

पाचन प्रक्रियामा समस्याः चिसो पानीले रक्तनलीलाई खुम्चाउँछ, जसले पाचन प्रक्रियामा बाधा पुर्याउँछ । यसले पाचन प्रक्रियामा पोषक तत्वहरू अवशोषित गर्ने प्राकृतिक प्रक्रियामा पनि बाधा पुर्याउँछ । यसले तपाईंको शरीरको तापक्रम र पानीको तापक्रमलाई नियमन गर्ने प्रयास गर्दा पाचनबाट शरीरको ध्यान हटाउँछ, जसले गर्दा पानीको कमी हुन सक्छ र तपाईंलाई निर्जलित महसुस गराउन सक्छ । त्यसैले सधैं कोठाको तापक्रममा पानी पिउन सल्लाह दिइन्छ।

घाँटी दुख्ने

प्रायः वृद्धहरूले चिसो पानी नपिउन सल्लाह दिन्छन्। किनभने चिसो पानी पिउनाले घाँटी दुख्ने र रुघाखोकी लाग्ने सम्भावना बढ्छ । खाना खाएपछि चिसो पानी पिउनाले कफको समस्या निम्त्याउँछ ।

बोसोको ब्रेकडाउन रोक्छ

खाना खाने बित्तिकै चिसो पानी पिउने हो भने यसले तपाईंले खाएको खानेकुरामा रहेको बोसोलाई बलियो बनाउने र तपाईंको शरीरमा भएको अतिरिक्त बोसोलाई जलाउन गाह्रो हुने विज्ञहरू बताउँछन्। त्यसैले चिसो पानी पिउनु हुँदैन।

मुटुको चाल कम गराउँछ

केही अध्ययनहरूका अनुसार चिसो पानीले तपाईंको मुटुको धड्कन कम गर्छ । बरफको पानी पिउनाले दशाैं क्रेनियल नर्भलाई उत्तेजित गर्ने विश्वास गरिन्छ। पानीको कम तापक्रमले स्नायुहरूलाई उत्तेजित गर्छ, जसले मुटुको गतिलाई सुस्त बनाउँछ।

दाँतमा समस्या निम्त्याउँछ

फ्रिजको चिसो पानीले दाँतमा असर गर्न सक्छ । ‘चिसो खानेकुरा वा सफ्ट ड्रिंक्स पिउँदा दाँतको इनामेल नष्ट हुने गर्छ । दाँतको इनामेल पहिले नै खिइसकेको अवस्थामा धेरै चिसो पानीले डेन्टिनका छिद्र हुँदै पल्पमा भएका स्नायुलाई उत्तेजित पारेर दाँत दुख्ने वा सिरिङसिरिङ भएको महसुस हुन सक्छ ।

टाउको दुख्ने गर्छ

चिसो पानी पिउनाले शरिरको तापक्रम अचानक परिवर्तन हुन्छ । यसको असर सिधा दिमागमा पर्ने गर्छ । यसका कारण टाउको दुख्ने गर्छ ।

छाती दुख्ने गर्छ

गर्मीमा बाहिरबाट आएर एक्कासी चिसो पानी पिउँदा यसले शरिरको तापक्रममा घटाउने गर्छ । यसले छातीमा कफ जमाउने काम गर्छ । यसका कारण घाँटी दुख्ने समेत गर्छ ।

पाचन प्रणालीमा समस्या निम्त्याउँछ

चिसो पानीले मललाई जमाउने काम गर्छ । यसकारण पाचनप्रणालीमा यसले समस्या पैदा गर्ने काम गर्छ । मल राम्रोसँग नसर्दा शरीरले स्वस्थ भएको अनुभव गर्न पाउँदैन । यसैका कारण अन्य रोगको कारण पनि बन्न सक्छ ।

Logo