काँक्रो खाँदाका १३ फाइदा

काँक्रो खाँदाका १३ फाइदा

केन्द्रबिन्दु
0
Shares

काँक्रोलाई सलादका रुपमा खाने चलन छ। काँक्रोमा धेरै मात्रा पानी हुने भएकाले पनि यसको प्रयोग निकै फलदायी मानिन्छ । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।

१३ फाइदा  

–शरीरमा पानीको कमी हुन दिदैन कांक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ ।

–मुटु स्वस्थ राख्न सहयोगी कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ ।

–यसको प्रयोगले उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

–काँक्रोले मस्तिष्क स्वस्थ राख्छ । स्ट्रोबेरी र अंगूरमा जस्तैं कांक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ ।

–बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

–छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ ।

–क्यान्सरको जोखिम कम गर्छ । शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ ।

–दुखाई कम गर्छ ‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार कांक्रोलाई परम्परागत रुपमा टाउको दुखाई कम गर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो ।

–श्वास गन्हाउनबाट मुक्त  राख्न मद्धत गर्छ ।

–हड्डी बलियो बनाउँछ ।

–कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ ।

–कब्जियत हुन दिदैन  ।

–तौललाई बढ्न दिँदैन ।

Logo