शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ ।

शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले छोरीको कलेजो बुवालाई प्रत्यारोपण गरिएको हो । शुक्रबार ५३ वर्षका एक जना बिरामीको कलेजोको प्रत्यारोपण गरेको हो । उनलाई उनकै ३३ वर्षीया छोरीले कलेजो दान गरेकी हुन् ।

कलेजो प्रत्यारोपण गर्न  झण्डै १६ घण्टा लागेको थियो । शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्यरातमा सकिएको थियो । टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली पनि नेपाल आएको थियो ।

सबैको टिम वर्कले मात्रै अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको भन्दै डाक्टर भण्डारीले शल्यक्रियामा संलग्न डाक्टर तथा नर्सहरुको टोलीलाई धन्यवाद दिएका छन् ।

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरुभएपछि अब बिरामीलाई बाहिर विदेश जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।  यो सँग अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल पनि भएको छ् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्ष अघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो । त्यहाँ अहिलेसम्म चार जनाको प्रत्यारोपण भएको छ ।

Logo