कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

कम्मर स्लिम बनाउन हुनसक्छ यी पेयपदार्थ उपयोगी

केन्द्रबिन्दु
266
Shares

काठमाडौं । बढ्दो तौलले तपाईंको व्यक्तित्वलाई मात्र असर गर्दैन, त्यसले धेरै रोगहरु पनि निम्त्याउन सक्छ । यदि तपाईंले आफ्नो दैनिक दिनचर्यामा थोरै ध्यान दिनुभयो भने तौल घटाउन पनि त्यति समस्या छैन । जसका लागि धेरै चीजहरू प्रभावकारी हुन सक्छन् ।

विशेषगरी गर्मीमा तौल घटाउने उत्तम पेयहरूले शरीर परिवर्तनको लागि चमत्कार गर्न सक्छ । जसको सेवनले तपाईंकाे झुन्डिएको पेटबाट छुटकारा पनि पाउन सक्नुहुन्छ । यी हुन् तौल घटाउने मदत पुर्याउने पेयपदार्थ-

दालचिनी चिया

यदि तपाईंलाई सुत्नुअघि चिया पिउने वा मीठो खानेकुरा खाने बानी छ भने दालचिनीको चिया तपाईंको लागि स्वस्थ विकल्प हुन सक्छ । यो चियाले तपाईको कम्मरलाई स्लिम गर्न सक्छ । दालचिनीमा भोक कम गर्ने हर्मोन पनि हुन्छ ।
जसले तपाईंलाई पेट भरिएको महसुस गराउँछ र तपाईंको भोक पनि कम गर्छ । दालचिनीमा धेरै पोषक तत्व पाइन्छ जसले तौल घटाउन मद्दत गर्छ । दालचिनीमा सिनामल्डिहाइड नामक रसायन हुन्छ । जसले मेटाबोलिज्मलाई बढाउँछ । यस्तो अवस्थामा, दालचिनीले शरीर निष्क्रिय हुँदा पनि शरीरलाई फ्याट सेलहरू जलाउन बाध्य पार्छ । दालचिनी चियाले सेवनले मोटोपनासँग लड्न धेरै मदत गर्छ ।

कागती र मिन्ट पेय

गर्मीमा पुदिना र कागतीको पानी पिउनुका धेरै फाइदा छन् । गर्मीमा पुदिना र कागती पाचनका लागि निकै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन र प्रोटिनले पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । किनभने गर्मीमा अपच, कब्जियत र एसिडिटीजस्ता समस्या बढी हुने गर्छ । यस्तो अवस्थामा पुदिना र कागतीको रस पिउनुपर्छ । यसमा पाइने पौष्टिक तत्वले शरीरलाई चिसो पार्न र डिटक्सिफाइ गर्न मद्दत गर्छ । पुदिनामा पोटासियम, आइरन, भिटामिन, फस्फोरस र म्याग्नेसियम पाइन्छ भने अर्कोतर्फ कागतीमा म्याग्नेसियम, भिटामिन ए, सी र फोलेट जस्ता पोषक तत्व पाइन्छ ।

मेथी चिया

मेथी तौल घटाउनको लागि उत्कृष्ट पेय हो । जुन तपाईं दिनको कुनै पनि समयमा पिउन सक्नुहुन्छ । मेथीको पानी पिउनाले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सकिन्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ । मेथीको दानाले तपाईंको पाचन सुधार गर्छ र बोसो जलाउन मद्दत गर्छ । भिटामिन र खनिजहरू सहित धेरै पोषक तत्वहरूको रुपमा पनि यसलाई लिन सकिन्छ ।

Logo