लायन्स क्लव अफ काठमाडौं रियल जर्नी र ईटहरा समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाडौं रियल जर्नी र ईटहरा समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं रियल जर्नी र ईटहरा समाजद्वारा संयुक्त रूपमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार कागेश्वरी मनोहरा – ८ विद्या विकास ईङ्गलिस स्कुलको भवनमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले भन्दा बढी रक्तदान गरेका छन‍् ।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं रियल जर्नीका अध्यक्ष पुष्पलाल सिग्देलले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उद्देश्यले संयुक्त रूपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मृत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पूण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबै जनाले दान गर्नमा ध्यान पुर्याउनु पर्छ,’ उनले भने ।

रक्तदान गर्नेलाई आयोजक टिमले प्रमाणपत्र सहित फलफूलको पनि व्यवस्था गरेको थियो । यो रगत पक्कै आवश्यकता हुने व्यक्तिहरूले पाउने अपेक्षा लिएको उनले बताए ।

खुल्ला रक्तदान कार्यक्रममा चर्चित हास्य कलाकारहरु सुरवीर पण्डित ‘दाह्री’, रामचन्द्र अधिकारी ‘गोक्ते काजी’ र सिपि पुडासैनी (धतुरे को पनि सहभागिता रहेको थियो । कार्यक्रममा उनीहरुले आफूले दान दिएको रगत देशकाे हीत गर्नेकाे शरीरमा पर्नुपर्ने अभिव्यक्ति दिए । भ्रष्टाचारीको शरीरमा झुक्किएर पनि पर्न नहुनेमा पनि उनीहरुकाे एकै स्वर थियाे ।

यस्तै, ईटहरा समाजका अध्यक्ष डा. विष्णु दाहालले रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर हेतुले कार्यक्रमको आयोजना गरेको बताए । ‘रगत अभाव समय समयमा खड्गी रहेको हुन्छ र रगत अभावकै कारण धेरैको ज्यान गएका उदाहरण धेरै छन्, यस्तो अवस्था नहोस् भनेर पनि दुई संस्था मिलेर रक्तदान कार्यक्रम गरेका हौं,’ उनले भने ।

Logo