नरिवल पानीको १० फाइदा

नरिवल पानीको १० फाइदा

केन्द्रबिन्दु
0
Shares

एउटा नरिवलमा करिब २ सय मिलीलिटर भन्दा बढी  पानी हुन्छ । यो एक क्यालोरी ड्रिंक पनि हो । नरिवल पानीमा एन्टी अक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स, भिटामिन सी र अन्य प्रमुख तत्वहरु पाइन्छ ।

नरिवलको पानी स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । यसले सिर्फ शरिरलाई तागत मात्र दिँदैन्, यसमा बिषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ । यसको साथै रोगसँग लड्न सक्ने गुण भएकोले रोग प्रतिराधोत्मक क्षमता पनि बढाउँछ । जसले गर्दा रोगबाट सुरक्षित राख्नको लागि नरिवलको पानी एकदमै लाभदायक हुन्छ ।

नरिवलको पानीले सुन्दरतामा पनि निखार ल्याउँछ । बिहानको समयमा नरिवलको पानी पिउने हो भने हाम्रो शरिरलाई धेरै फाइदा पुग्छ र दिनभर शरिर स्फुर्ती छाउँछ । यदि तपाईको शरिरको तौल बढेर हैरान हुनुभएको छ भने नरिवल पानी तपाईको लागि उपयुक्त हुन्छ ।

यी हुन् नरिवल पानीका फाइदाहरु

 

–नरिवल पानी पिउँदा शरिरमा पानीको मात्रामा कमि हुन दिँदैन् । शरिरमा पानी कम भएको समयमा, बान्ता भएको बेला, झाडा पखाला लागेको बेला नरिवल पानी फाइदाजनक साबित हुन्छ ।

–किड्नीको स्वास्थ्यको लागि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले युरिनरी ट्रयाकको सफा राख्न सहयोग गर्छ । साथै किड्नीमा स्टोन पनि हुन दिँदैन् ।

–थाइराइडको बिरामीको लागि एकदमै लाभदायक हुन्छ । बिहान नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलिन हुन्छ ।

–यदि तपाई तौल कम गर्न चाहनुहुन्छ भने नरिवल पानी पिउनु एकदमै राम्रो हुन्छ । यसमा क्यालोरीको मात्रा कम र फ्याटको मात्रा धेरै कम हुने भएकोले नरिवल पानी पिएपछि धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन् । जसले गर्दा घरि घरि खानेको जरुरत पर्दैन् ।

–छालालाई पोषण दिनको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक साबित हुन्छ । नरिवल पानी पिउने गरेमा छाला नरम र मुलायम बनिरहन्छ ।

–नरिवल पानी नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

–उच्च रक्तचाप नियन्त्रण गर्छ । यसका भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न सहयोग गर्छ ।

–कोलेस्ट्रोल र फ्याट फ्रि हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि उपयोगी हुन्छ । यसको साथै यसमा एन्टी अक्सिडेन्ट गुण भएकोले रक्त सञ्चार पनि राम्रो हुन्छ ।

–ह्याङओभरबाट छुटकारा पाउनको लागि नरिवल पानी एक उत्तम उपाय हुन सक्छ ।

–बुढोपन घटाउनको लागि नरिवल पानीको प्रयोग गर्न सकिन्छ । यसमा भएको साइटोनिनिसले कोशिकाहरुमा सकारात्मक प्रभाव पार्छ । र बढ्दो उमेरलाइए केही हदसम्म रोक्छ ।

Logo