उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान

उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि साउन १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्षमुनिका सबै बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने मन्त्रालयको भनाइ छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।

Logo