सांसद शर्माको पहलमा केएमसीद्वारा पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद शर्माको पहलमा केएमसीद्वारा पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
98
Shares

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले पशुपति परिसरमा आयोजित कोटिहोम महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा आजदेखि केएमसीले साउन ३२ गतेसम्म सञ्चालन हुने कोटिहोम महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । सात जना विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क उपचार सेवा प्रदान गर्ने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने छ ।

साउन १ देखि पशुपति परिसरमा कोटिहोम महायज्ञ जारी छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गरिरहेका छन् । भक्तजनको घुइँचो लागेको छ, त्यसैलाई मध्यनजर गर्दै केएमसीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Logo