विश्व स्वास्थ्य दिवसः ८ लाख नेपाली डिप्रेशनको शिकार

विश्व स्वास्थ्य दिवसः ८ लाख नेपाली डिप्रेशनको शिकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यक्तामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आईतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यक्तामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गरे ।

उनले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाएको दावी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन आग्रह गरे । सरकारले चालू आर्थिक वर्ष भित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौंकी निर्माणको काम सुरु गरेको छ ।

कार्यक्रममा स्वास्थ्य सम्बन्धि चेतना जगाउन चित्रकलाको पनि प्रर्दशन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

हाल विश्वभर करिव ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । डिप्रेशनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिवी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

Logo