शरिरलाई शक्ति दिने ५ खानेकुरा

शरिरलाई शक्ति दिने ५ खानेकुरा

केन्द्रबिन्दु
0
Shares

शरिरलाई शक्ति चाहिन्छ।  व्यस्त जीवनशैलीका कारण हाम्रो शरिरमा भएको शक्ति ह्रास भैरहेको हुन्छ।  तसर्थ थप शक्तिका लागि बिशेष खानेकुराहरुको खाँचो पर्छ।  यी ५ खानेकुराले हाम्रो शरिरलाई पर्याप्त शक्ति प्राप्त हुन्छ।

बदाम

बदाममा प्रोटिन, फाइबर र मुटुलाई स्वस्थ राख्ने फ्याटसमेत हुने भएकाले यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। साथै बदाममा मिनरल्स, भिटामिन, म्यागनिज, कपर, राइबोफ्ल्याभिन र म्याग्नेसियम जस्ता तत्व पनि पाइने हुनाले यसले शरीरलाई चाहिने शक्ति उत्पादन गर्न मद्दत पुर्‍याउँछ।

हरियो भटमास

अहिले भटमासको कोसा पाइने सिजन हो। हरियो कोसामा प्रशस्त मात्रामा प्रोटिन र केही मात्रामा चिल्लो पदार्थ फ्याट पनि हुन्छ। यसलाई नियमित खानाले रगतमा चिनीको मात्रामा सन्तुलन कायम गरी शक्ति प्राप्त हुन्छ।

एभोकाडो

एभोकाडोमा फाइबरका साथै स्वस्थ राख्न फ्याट पनि बढी मात्रामा पाइन्छ। साधारण कार्बोहाइड्रेडभन्दा पनि सजिलैसँग यी पचेर यसले शरीरलाई चाहिने शक्ति प्रदान गर्छ। त्यसैले एभोकाडो स्वास्थ्यका लागि निकै फाइदाजनक छ।

अण्डा 

अण्डामा भएको प्रोटिन र फ्याटले रगतमा भएको चिनीको मात्रालाई सन्तुलित बनाउने काम गर्छ। अन्डालाई जुनसुकै बेला पनि खान सकिने हुनाले यसलाई शक्तिको स्रोतका रूपमा पनि लिन सकिन्छ।

चना

आधा कप चनामा १५ ग्राम प्रोटिन पाइन्छ। त्यसैले चनालाई काँचै वा पकाएर, भुटेर वा साँधेर सलादका रूपमा पनि खान सकिन्छ ।

Logo