हाकिमलाई घृणा गर्नेलाई ‘हर्ट अट्याक’ !

हाकिमलाई घृणा गर्नेलाई ‘हर्ट अट्याक’ !

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोग मृत्युको एउटा प्रमुख कारण हो । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त सबैलाई थाहा नै होला । तर, तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ ।

एउटा अध्ययनले हाकिमसँग खराब सम्बन्ध हुँदा हृदयाघातको सम्भावना बढ्ने देखाएको छ । हाकिमलाई घृणा गर्दा मुटुसम्बन्धी रोग बढ्न सक्छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा स्वीडिश अध्ययनले कार्यस्थलमा नेतृत्व गर्ने व्यक्तिसँग खराब सम्बन्ध हुँदा ४० प्रतिशत मानिसहरूमा हृदयाघातको सम्भावना बढ्ने कुरा पत्ता लगाएको छ । सो अध्ययन १० वर्ष लगाएर गरिएको थियो । ‘कार्यस्थलमा हुने गम्भीर तनाव हृदयाघातको कारण बन्न सक्छ,’ अध्ययनमा उल्लेख छ । त्यस्तै अपर्याप्त निद्रा र अनुपयुक्त आहारजस्ता कारणले मुटुको रोग हुने खतरा झन् बढ्छ ।

विभिन्न अध्ययनका अनुसार खराब दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी समस्या धेरै हुन्छ । दाँत र मुटुबीच हामीले सोचेभन्दा बढी सम्बन्ध छ । त्यस्तै हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा असर पार्न सक्छ । आकस्मिक रूपमा हुने परिवारजनको मृत्युजस्ता हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा नराम्रो असर पार्न सक्छ ।

ब्रिटिश मेडिकल जर्नलका अनुसार सीमित सामाजिक सम्बन्ध भएका व्यक्तिहरूमा मुटुरोग हुन सक्ने सम्भावना २९ प्रतिशत बढी हुन्छ भने हृदयाघात हुने सम्भावना ३२ प्रतिशत बढी हुन्छ । त्यसको एउटा कारण के हो भने एक्लोपन तनावपूर्ण हुन सक्छ र त्यस्ता व्यक्तिहरूसँग आफ्नो मनोभाव व्यवस्थापन गर्न सघाउने कोही पनि हुँदैनन् ।

त्यसै गरेर महिनावारी हुन छोडेपछि महिलाहरूमा मुटुको समस्या बढ्न सक्छ । महिलावारी हुन छोडेपछि महिलाहरूमा हृदयाघात हुने सम्भावना बढ्छ ।

अमेरिकन हार्ट एसोसिएशनका अनुसार हृदयाघात भइसकेका अमेरिकीहरूमध्ये ३३ प्रतिशतभन्दा बढीमा डिप्रेशन अर्थात् उदासीनता हुन सक्ने सम्भावना रहन्छ ।

Logo