सांसद डा. सुनिल शर्माको पहलमा केएमसी र नोबेलको टोलीले रामपुरमा चलाए निःशुल्क स्वास्थ्य शिविर

सांसद डा. सुनिल शर्माको पहलमा केएमसी र नोबेलको टोलीले रामपुरमा चलाए निःशुल्क स्वास्थ्य शिविर

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा सर्लाहीको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले आधारभूत मावि ईश्वरपुर–८ रामपुरमा आयोजना गरेको स्वास्थ्य शिविरमा १ हजार १५३ बिरामीको निःशुल्क उपचार गराएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीमध्ये २७५ जनाको भिडियो एक्सरे, १०५ जनाको ईसीजी, १३२ जनाको ईको तथा १२० जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै १५५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको दाहालको भनाई छ ।

कांग्रेस क्षेत्रीय सभापति हरि लुङ्गेली मगरको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा सांसद डा. शर्मा उपस्थित थिए । मन्तव्य राख्ने क्रममा सांसद डा. शर्माले शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने बताए ।

सांसद डा. शर्माको पहलमा केएमसी र नोबेलको टोलीले यसअघि बलरा नगरपालिका, कौडेना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । हजारौंले स्वास्थ्य सेवा लिएका छन् । यी दुई अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Logo