मोटोपना र कब्जियतका कारण किड्नी फेल

मोटोपना र कब्जियतका कारण किड्नी फेल

केन्द्रबिन्दु
0
Shares

मोटोपना आफैमा रोग होइन तर मोटोपनलाई समयमै नियन्त्रण गरिएन भने विभिन्न रोगको शिकार बन्नुपर्ने हुन सक्छ । मोटोपनाको कारण धेरै रोगहरुले पिरोल्ने गर्छ । जसले गर्दा ज्यानै लिने रोगहरु जस्तो हृदयघात, किड्नी फेल, मधुमेह, उच्च रक्तचाप आदि हुन सक्छ ।

मोटोपन भएको मानिसको पेट ठूलो देखिन्छ । पेटमा जम्मा भएर बसेको दिसाले कलेजो, किड्नी र पाचनतन्त्रमा दबाब दिन्छ । जसले गर्दा यि अंगहरु खराब हुन्छ । सामन्यतया पिसाबको संक्रमण वा पानीको मात्रा मिलाएर नपिएमा किड्नी फेल हुन्छ भन्ने आम बुझाई छ । तर, पेटमा दिशा जम्मा भएर वा पेट खलास नभएर पनि किड्नी फेल हुन्छ । मोटोपनको कारण पछिल्लो समयमा किड्नी फेल हुनेको संख्या धेरै बढेको छ । मोटोपनले किड्नी विस्तारै विस्तारै खराब पारिदिन्छ । यदि सुरुवाती लक्षणहरुमा ध्यान नदिएमा र वेवास्ता गरेमा ज्यान पनि जान सक्छ ।

मृत्युको प्रमुख कारण बन्दै किड्नी फेल

विश्वभरी करिव १० प्रतिशत मानिस किड्नीको समस्याबाट पीडित छन् । बर्षेनी लांखौ मानिस किड्नी फेल भएर अकालमै ज्यान गुमाउने गर्छन् । नेपालमा करिब ३० लाख मानिस किड्नीसँग सम्बन्धित रोगबाट ग्रसित छन् । बर्षेनी करिब ३ हजार मानिसको मृत्युको कारण किड्नी फेल भएर हुने अनुमान गरिएको छ ।

किड्नी फेल हुनुमा ५० प्रतिशत भन्दा बढी मोटोपना र गलत जीवनशैलीको कारण नै हुने गरको पाइएको छ । गलत जीवनशैली र खानपानले किड्नीलाई नराम्रोसँग प्रभावित पारिदिन्छ । जसको कारण किड्नीले राम्रोसँग रगत फिल्टर गर्न सक्दैन । जब रगत राम्रोसँग फिल्टर हुँदैन् । रगतमा भएको विकार र नराम्रो पदार्थ जम्मा हुन्छ । जसलेगर्दा किड्नी र अन्य अंगमा हानी पु¥याउँछ । किड्नीमा रोग लागेको सुरुवाती अवस्थामा थाहा पाउन मुस्किल हुन्छ ।

सुरुवाती लक्षण

किड्नी फेल हुनबाट बच्नको लागि लक्षण कस्तो देखिन्छ वा के के हुन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ । जसले गर्दा लक्षण चिनेर उपचार गर्न सजिलो हुन्छ । तर यसको सुरुवाती लक्षण पनि तब मात्र देखिन्छ जब किड्नी ६० प्रतिशत भन्दा बढी खराब भइसकेको हुन्छ । त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । यसकारण लक्षण देखिनुभन्दा अघि नै मोटोपन नियन्त्रण गर्ने र खानपानमा विषेश साबधानी अपनाउनुहोस् । किड्नी फेलको सुरुवाती लक्षण यस प्रकार छ ।

–शरिर सुन्निन्छ ।
–पिसाबको मात्रामा कमि हुन्छ ।
–पिसाबमा प्रोटिन वा रगत आउनु, पोल्नु ।
–पटक–पटक पिसाब आउनु ।
–भोकमा कमी आउनु ।
–शरिरमा रगतका कमि हुनु र उच्च रक्तचाप हुनु ।

मोटोपना खतराको चिन्ह

क्रोनिक किड्नी डिजिजले विश्वको लगभग १० प्रतिशत जनसंख्याको जीवन प्रभावित गरिदिएको हुन्छ । यस रोगबाट किड्नीलाई हानी गर्छ । जसको कारण बर्षेनी लाखौं मानिसहरुले ज्यान गुमाउने गर्छन् । कसैले एउटा मात्र किड्नीले जीवनभर काम चलाउनुपर्ने हुन्छ । जसमध्ये धेरै किड्नी फेल हुने मुख्य कारण मोटोपना रहेको छ । शरिर मोटो नभएपनि पेट मोटो भएर बाहिर निस्किएको हुन्छ । यही पेटको मोटोपना किड्नी फेल हुने सबैभन्दा ठूलो कारण हो ।

उच्च रक्तचाप र मधुमेह

उच्च रक्तचाप र मधुमेह किड्नी फेल हुने सबैभन्दा मुख्य कारण हो । मधुमेहको ३० देखि ४० प्रतिशत बिरामीको किड्नी खराब हुन्छ । त्यसमध्ये पनि ५० प्रतिशत बिरामी यस्तो हुन्छन्, जसलाई धेरै ढिलो थाहा हुन्छ । जसलाई किड्नी ट्रान्सप्लान्ट नै गर्नुपर्ने हुन्छ वा डायलसिस गर्नपर्ने हुन्छ ।

Logo