यौनइच्छा जगाउने ८ खानेकुरा

यौनइच्छा जगाउने ८ खानेकुरा

केन्द्रबिन्दु
0
Shares

सबैलाई यौनइच्छा जाग्छ भन्ने धेरैलाई लाग्न सक्छ। तर, होइन। कतिपयलाई यौन इच्छा नजागेर समस्या पनि हुने गर्छ।  अझ विवाहित भएर पनि यौन इच्छा जागेन भने त जिबनसाथीलाई सन्तुष्टि दिन नसकेकोमा लज्जाबोध हुन् सक्छ।

दुई मध्ये कुनै एक जनालाई यौन इच्छा नहुँदा दाम्पत्य सम्बन्ध नै बिग्रिन जान्छ।  एक अध्ययन अनुसार यौन असन्तुष्टिकै कारण धेरैजसो दाम्पत्य सम्बन्ध बिग्रिने गरेको छ। यौन इच्छा नजाग्नुमा तपाई हामीले खानीकुराहरुमा पनि भर पर्छ।

१. पालुङगो 

पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

२. गोलभेंडा 

गोलभेंडामा हुने लाइको पिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग र्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

३. भिन्डी 

भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंक तत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।

४. प्याज

प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

५.गान्टेमूला 

यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

६.  लसुन 

लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

७. गाजर 

गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

८. ब्रोकाउली 

यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

Logo