सांसद डा. सुनिल शर्माकाे स्वास्थ्य टोली सप्तरीमा, एक हजार ३२३ जनाले लिए सेवा

सांसद डा. सुनिल शर्माकाे स्वास्थ्य टोली सप्तरीमा, एक हजार ३२३ जनाले लिए सेवा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा यतिबेला काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोली लिएर मधेश प्रदेशमा छन् ।

सर्लाहीको भ्रमण सकेर सप्तरीतर्फ लागेका उक्त टोलीले आइतबार सप्तरीको बोदेबरसाइन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । स्वास्थ्य शिविरमा एक हजार ३२३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीमध्ये ३७ जनाको ईसीजी, १०३ जनाको ल्याब परीक्षण, १४० जनाको भिडियो एक्सरे, ६३ जनाको इको गरिएको छ । त्यस्तै ३५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको दाहालको भनाई छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुटको सुविधा उपलब्ध गराइने बताइएको छ ।

नेपाली कांग्रेसका नगर सभापति दिपेन्द्र यादवको सभापतित्वमा सम्पन्न शिविरको प्रमुख अतिथी संघीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी चौधरीले सांसद डा. शर्माले राज्यले गर्न नसकेको काम गरेर पुन्य कमाएको भन्दै प्रशंसा गरे । कार्यक्रममा विशिष्ट अतिथी सांसद डा. शर्मा, नेपाली कांग्रेस मधेश प्रदेश सहमहामन्त्री विन्दु यादवले पनि मन्तव्य राखेका थिए ।

Logo