गंगालाल अस्पतालमा हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटिएपछि संकलनमा रोक

गंगालाल अस्पतालमा हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटिएपछि संकलनमा रोक

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको बताइएको छ ।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ । फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र चप्पल लगाएर ओहोरदोहोर गरिरहेको समेत भेटिएको महानगरले जनाएको छ । अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ ।

Logo