सर्वाेत्तम सिमेन्टद्वारा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

सर्वाेत्तम सिमेन्टद्वारा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

“सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधीसमेत वितरण गरेको छ । उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्टलगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

साथै, उक्त कार्यक्रममा भद्रपुर नगरकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने पनि कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Logo