सांसद डा. सुनिल शर्माको केएमसीको स्वास्थ्य टोली चाँगुनारायणमा, ४५८ जनाले लिए निःशुल्क सेवा

सांसद डा. सुनिल शर्माको केएमसीको स्वास्थ्य टोली चाँगुनारायणमा, ४५८ जनाले लिए निःशुल्क सेवा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार चाँगुनारायण हेल्थपोष्टमा आयोजित शिविरमा ४५८ जनाले सेवा लिएको निःशुल्क सेवा लिए । शिविरमा आएका बिरामीमध्ये ४५ जनाको ईसीजी, ६८ जनाको ल्याब परीक्षण, ४८ जनाको युएसजी र १८ जनाको दाँत खोलिएको थियो ।

त्यस्तै ३८ जनालाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको दाहालले जानकारी दिए ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Logo