महिनावारीको बेला यौन सम्पर्क राख्ने कि नराख्ने ? थाहा पाउनुपर्ने ८ कुरा

महिनावारीको बेला यौन सम्पर्क राख्ने कि नराख्ने ? थाहा पाउनुपर्ने ८ कुरा

केन्द्रबिन्दु
0
Shares

महिनावारीको बेला यौन सम्पर्क राख्न हुने कि नहुने ? सम्पर्क राख्दा के हुन्छ ? जस्ता प्रश्नले धेरैलाई पिरोल्ने गर्दछ । एकातिर हाम्रो समाजले महिनावारीका बेला गरिने यौन सम्पर्कलाई स्वीकारेको छैन । अर्काेतिर विभिन्न अध्ययनहरुले महिनावारीका बेला गरिने यौन सम्पर्कले चरम सन्तुष्टी दिने र गर्भको दृष्टिकोणले ढुक्क हुने कुरा औल्याएको छ । यी दुबै कारणले पार्टनरहरुलाई कन्फ्युज बनाई दिएको छ ।

हाम्रो समाजमा यस्तो कुरालाई धार्मिक र सांस्कृतिक मान्यताहरुसँग जोडिएर हेर्ने गरेको पाइन्छ । त्यसको साथै सरसफाई र स्त्रीत्वसँग पनि जोडिएको छ । महिनावारी हुुनु महिलाको प्राकृतिक प्रक्रिया हो । र, यो महिलाको स्वास्थ्य राम्रो भएको संकेत पनि हो । यो प्राकृतिक शारिरीक प्रक्रिया महिलाहरुको प्रजनन प्रक्रियासँग पनि जोडिएको छ । यसकारण महिलाहरुले यस्तो समयमा सहजता महसुस गर्नु जरुरी हुन्छ ।

ख्याल गर्नुपर्ने कुराहरु

–मासिक धर्मको क्रममा यौन सम्बन्ध धेरै सहज र आरामदायक हुन्छ । किनभने यस क्रममा महिलाको प्रजनन अंग यौन सम्पर्कका लागि उचित हुन्छ ।

–मासिक धर्मको क्रममा यौन सम्बन्ध बनाउँदा एन्डोर्फिस र अक्सिटोसिन शरिरबाट बाहिर निस्कन्छ । परिमाणस्वरुप दिमागमा लेजर सेट्स सक्रिय हुन्छ । जसबाट आनन्दको अनुभुति हुन्छ । यसको साथै तनावबाट पनि छुटकारा मिल्छ ।

–मासिक धर्मको क्रममा हर्मोन बदलावको कारण केही महिलाहरुलाई सेक्सको तिव्र चाहाना उत्पन्न हुन्छ । यसकारण यस्तो समयमा शारिरीक सम्बन्ध बनाउनु कुनै खतरा पनि हुँदैन् । झन धेरै आनन्द अनुभूति हुन्छ ।

–दम्पतीको यौन अंगको स्वच्छतामा भने बिशेष ध्यान दिनु आवश्यक हुन्छ ।

–यौन सम्बन्ध बनाउनु भन्दा पहिले र पछि सफा पानीले यौन अंग धुनु जरुरी हुन्छ । नत्र संक्रमणको सम्भावना धेरै रहन्छ । सफा गर्ने पानीमा माइल्ड डिसइन्फेक्सन जस्ता औषधी मिलाएर प्रयोग गर्दा राम्रो हुन्छ ।

–मासिक धर्मको क्रममा शारिरिक सम्बन्ध बनाउनु महिलाहरुको निजी कुरा हो । यो महिलाहरुको सहजतासँग जोडिएको छ । यसकारण कसैको दबाबमा पर्नु जरुरी छैन् । यो शरिरसँग जोडिएको सामन्य कुरा हो ।

–यस्तो समयमा महिलाहरुको ‘नेचुरली लुब्रिकेटेड’ रहन्छ । यस्तो यौन सम्बन्ध बनाउनु झन आरामदायक हुन्छ । बिशेषज्ञको अनुसार महिनावारीको क्रममा एस्ट्रोजन हर्मोनको स्तर बढ्छ । यसकारण तपाईको यौन जीवन आनन्ददायक बन्छ ।

–मासिक धर्मको क्रममा गर्भवती हुने सम्भावना नभएकोले मानसिक रुपले पनि ढुक्क भएर आनन्द उठाउन सकिन्छ । जसले गर्दा तपाईको यौन जीवन सुखमय बन्न सक्छ ।

Logo