दशैँ बिदामा पनि बिरामीलाई स्वास्थ्य सेवा दिँदै डा सुनिल शर्मा

दशैँ बिदामा पनि बिरामीलाई स्वास्थ्य सेवा दिँदै डा सुनिल शर्मा

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपालीहरूको महत्त्वपूर्ण चाड दशैँ नजिकिएसँगै यतिवेला रोजगार तथा अध्ययनका सिलसिलामा घरबाट टाढा गएकाहरू घर फर्किरहेका छन् । तर नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा भने बिरामीहरूको सेवा गरिरहेका छन् ।

डा शर्माले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमसम्मका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सेवा दिइरहेका छन् ।

उनले भने, ‘हामी नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै छ तर गरिबको घरमा दशैँ आएन । दशैँ नजिकिँदै गर्दा मेरो निर्वाचन क्षेत्रमा गाउँका गरिब जनता बिरामी भएको खबर पाएँ । निरन्तर गाउँका बिरामीको सेवामा लागिरहेको छु ।’ शर्मा मोरङ ३ बाट निर्वाचित सांसद पनि हुन् ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का सञ्चालकसमेत रहेका डा शर्मा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर लोकप्रियता हासिल गरेका व्यक्ति हुन् । उनको संलग्नता राजनीतिमा मात्र नभएर मेडिकल शिक्षा व्यवसायीका रूपमा पनि छ ।

डा शर्माले विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोलीका साथमा केएमसीमार्फत निःशुल्क स्वास्थ्य शिविर चलाइरहेका छन् । उनले वृद्धवृद्धालाई शिविरबाट उपचार सम्भव नभएर अस्पतालमा आफैँले ल्याएर उपचार गराउने र फिर्ता पनि लगेर घरमै पुगाइदिने काम गर्दै आएका छन् ।

Logo