तपाईलाई निरोगी बनाउने ७ सुत्र

तपाईलाई निरोगी बनाउने ७ सुत्र

केन्द्रबिन्दु
0
Shares

सबै मान्छे स्वस्थ रहन चाहन्छन् । शारिरीक र मानसिक रुपमा फिट रहन चाहन्छन् । तर,बिबिध कारणबश मानिस बिरामीपर्छ। कहिलेकाही हाम्रो जीवनशैलीले पनि हामीलाई बिरामी बनाउछ। त्यसकारण स्वस्थ रहन हामी केही टिप्स दिनेछौ । त्यसलाई ख्याल गरेर तपाई स्वस्थ र फिट रहन सक्नुहुनेछ ।

१. जंक फुडबाट टाढा रहनुहोस

आधुनिक जीवनशैली अपनाउनेको जमात बढ्दो छ । अचेल जंक फुडको सेवन धेरै हुन थालेको छ । जंक फुडसँग दूरी बनाउन आजको युवापुस्ताको लागि सबैभन्दा ठूलो चुनौती हो । यो बानीले धेरैजसो मानिसहरुलाई हानी गरिरहेको हुन्छ । स्वस्थ रहनको लागि जंक फुडसँग दूरी बनाउनु जरुरी हुन्छ । आफ्नो डाइटमा साग सब्जी र फलफुल समाबेश गर्नुहोस् ।

२. दैनिक फलफुल र सब्जीको सेवन गर्नुहोस्

आफ्नो डाइटमा फलफुल र हरियो साग सब्जीलाई पनि समाबेश गर्नुहोस् । हरियो साग सब्जी तपाईको स्वास्थ्यको लागि निकै जरुरी हुन्छ । यसले तपाईलाई स्वस्थ मात्र राख्दैन, तपार्ईको दिमाग पनि अधिक सक्रिय र तेज हुन्छ । यसको नियमित सेवनले तपाईलाई रोगबाट दूर राख्छ साथै क्यान्सर र मुटुको रोगको खतरा पनि कम हुन्छ ।

३. नियमित व्यायम गर्नुहोस

स्वस्थ रहनको लागि स्वस्थ खानेकुराको साथसाथै नियमित व्यायामको पनि उत्तिकै जरुरी हुन्छ । यसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । व्यायामलाई आफ्नो दिनचर्याको एक हिस्सा बनाउनुहोस् । खाना खाइसकेपछि कमसेकम आधा घन्टा हिड्ने बानी बसाल्नुहोस् ।

४. रुटिन बनाउनुहोस्

स्वस्थ रहने एक उत्तम उपाय हो, आफुलाई अनुशासनमा राख्नु । यसको लागि एक रुटिन बनाउनुहोस् । खाने, सुत्ने, उठ्ने, व्यायाम गर्ने सबै कुराको रुटिन बनाउनुहोस् । दैनिक सबैकाम रुटिनको हिसावले गर्ने बानी बसाल्नुपर्छ । यसबाट स्वस्थ रहन सकिन्छ ।

५. प्रशस्त पानी पिउनुहोस्

पानी पिउनको लागि तिर्खालाई नपर्खनुहोस् । दिनभरीमा कमसेकम ७–८ गिलास पानी जरुर पिउनुहोस् । यसको साथै कहिलेकाही पानीमा कागती मिलाएर पनि पिउनुहोस् । यसबाट तपाई जहिले हाइडेट रहनुहुन्छ र तौल पनि कन्ट्रोल हुन्छ ।

६. प्रोटिनपुक्त खानाको प्रयोग गर्नुहोस

प्रोटिन शरिरमा अंग, छाला, इन्जाइम, हर्मोन आदि बनाउनको लागि एकदमै जरुरी हुन्छ । यसले हाम्रो शरिरमा धेरै महत्पुर्ण काम गर्छ । प्रोटिनयुक्त आहार खाएमा शरिरमा उर्जा मिल्छ । प्रोटिनको कमि भएमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ र विभिन्न रोगको शिकार हुन सकिन्छ । त्यसकारण स्वस्थ रहनको लागि प्रोटिनयुक्त खानको सेवन गर्नुहोस् ।

७. तनावमुक्त रहनुहोस्

यदि तपाई साँच्चै स्वस्थ रहन चाहनुहुन्छ भने शरिरको साथ साथै दिमागको पनि स्वस्थ राख्नुपर्छ । धेरैजसो रोग मनोवैज्ञानिक र भावनात्मकसँग सम्बन्धित छ । जुन कुरामा कमैले मात्र ध्यान दिने गरेको पाइन्छ । तनावमुक्त रहनको लागि ध्यान गर्न सकिन्छ, मनपर्ने टिभी शो हेर्न सकिन्छ, मनपर्ने काम गर्न सकिन्छ, मनपर्ने ठाउँ घुम्न जान सकिन्छ । जे गर्दा आफु खुशी र तनावमुक्त भइन्छ त्यो कुरा ख्याल राखेमा धेरैजसो रोग लाग्नबाट बच्न सकिन्छ ।

Logo