सांसद डा. शर्माको पहलमा निःशुल्क शल्यक्रियाका लागि सर्लाहीका बिरामीहरु आइपुगे केएमसी

सांसद डा. शर्माको पहलमा निःशुल्क शल्यक्रियाका लागि सर्लाहीका बिरामीहरु आइपुगे केएमसी

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा सर्लाहीमा हालै सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचार सम्भव नभएका बिरामीहरु शल्यक्रियाका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा आइपुगेका छन् ।

दशैंअघि केएमसी र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीका ५ स्थान र सप्तरीका ३ स्थानमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यहाँ हजारौंले स्वास्थ्य सेवा लिएका थिए र त्यहाँ उपचार सम्भव नभएका वा थप उपचार गर्नुपर्नेलाई रेफर गरिएको थियो । जसमा आज सर्लाहीको बलरा नगरपालिका, कौडेना गाउँपालिका र हिरापुरबाट २० जना भन्दा बढी विरामी केएमसीमा शल्यक्रियाका लागि आइपुगेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

थप विरामी आउने जारी रहेको बताइएको छ । उनीहरुलाई केएमसीले औषधीबाहेक सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउने छ ।

मोरङ ३ बाट निर्वाचित सांसद डा. शर्मा केएमसी र नोबेलका सञ्चालक पनि हुन् । उनले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमसम्मका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सेवा दिइरहेका छन् । त्यहाँ सम्भव नभए आफ्नै केएमसी र नोबेलमा ल्याएर निःशुल्क उपचार गराइदिन्छन् ।

Logo