गर्भावस्थामा ब्लडप्रेसरको समस्या बढ्दो, यसरी गर्नुहोस् रोकथाम

गर्भावस्थामा ब्लडप्रेसरको समस्या बढ्दो, यसरी गर्नुहोस् रोकथाम

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय धेरैजसो गर्भवती महिलाहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । गर्भवती भएको अवस्थामा धेरै महिलाहरु उच्च रक्तचापबाट ग्रसित हुन्छन् ।

यो एकदमै खतरनाक अबस्था हो । गर्भावस्थामा उच्च रक्तचाप भएमा किड्नी र मुटुमा असर गर्छ । जसले गर्दा बच्चाको विकास राम्रोसँग हुन पाउँदैन् । समयभन्दा अघि नै बच्चाको जन्म हुने र सिजेरियन डेलिभरीको सम्भावना पनि बढ्छ । बच्चा र आमाको स्वास्थ्यको लागि ब्लडप्रेसर सहि हुनुपर्छ ।

त्यसका लागि निम उपायहरु अबलम्बन गर्न सकिन्छ।

१. नुनको सेवन कम गर्नुपर्छ

हाम्रो शरिरलाई कम मात्रामा सोडियमको जरुरत हुन्छ । यदि धेरै नुुन खाने बानी छ भने उच्च रक्तचाप हुने खतरा बढी हुन्छ । गर्भवती भएको बेला उच्च रक्तचाप भएमा दुवैलाई खतरा बढी हुन्छ । त्यसैले यस्तो अवस्थामा नुनको सेवन कम गर्नुपर्छ । खानामा कम मात्रामा नुनको प्रयोग गर्नुपर्छ । यसको साथै खानामा मसाला र हर्बको प्रयोग गर्न नबिर्सनुहोस् ।

२. एक्सरसाइज

गर्भावस्थामा स–सानो काम गर्ने सल्लाह दिन्छन् डाक्टरहरु पनि । किनकी यसबाट उच्च रक्तचाप हुने खतरा कम हुन्छ । यताउती हिड्नु, टहलिनु गर्भावस्थाको सबैभन्दा राम्रो कार्डियोभास्कुलर एक्सरसाइज हो । बल्डप्रेसर कन्ट्रोल गर्नको लागि दैनिक ३०–४५ मिनेट हिड्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । यदि तपाई स्वस्थ महसुस गर्नुहुन्छ भने गर्भावस्थाको पुरै समय टहलिने बानी गर्नुपर्छ ।

३. संगीत सुन्नु

गर्भावस्थामा कुनै पनि प्रकारको चिन्ता भएमा खतरनाक सावित हुन सक्छ । तनावको कारण नै उच्च रक्तचापको समस्या हुन सक्छ । त्यसैले यस्तोमा राम्रो आफुलाई मनपर्ने संगीत सुन्नु उपयुक्त हुन सक्छ । मेडिटेसन गर्ने समयमा हल्का म्युजिक लगाएर सुन्न सकिन्छ । यसले तपाईको तनाव धेरै हदसम्म कम हुन सक्छ ।

४. लामो सास लिनु

गहिरो सास लिने र फ्ँयाक्ने गरेमा तनावमुक्त हुन सहयोग गर्छ । तनावमुक्त भएमा आपसेआफ उच्च रक्तचापको जोखिम पनि घट्छ । जहिले पनि सास लिने बेला गहिरो सास लिएमा शरिरको हरेक कोसिकाहरुमा ब्लड पुगेर रक्त सञ्चार हुन्छ ।

गहिरो सास लिनको लागि सबैभन्दा पहिला आरामसँग बस्नुपर्छ । त्यसपछि नाकबाट सास लिने र आफ्नो पेटको माथिल्लो भागमा सासले फुलेको महसुस भएपछि मुखबाट सास फाल्ने । यस समयमा पेटको मांसपेशीको टाइट राख्ने । दैनिक यस्तो प्रक्रिया दोहो¥याएमा उच्च रक्तचापको जोखिमबाट बच्न सकिन्छ ।

५. म्याग्नेसियमका स्रोतहरु सेवन गर्ने

एक अध्ययनको अनुसार जुन महिलालाई उच्च रक्तचापको समस्या हुन्छ । उसको म्याग्नेसियमको लेवल पनि कम हुन्छ । त्यसैले गर्भावस्थाको क्रममा म्याग्नेसियमकले भरपुर भोजन लिनुपर्छ । यसले गर्भावस्थामा हुने उच्च रक्तचापको कन्ट्रोल राख्न सहयोग गर्छ । त्यसको साथै गर्भासयको संकुचन हुनबाट पनि जोगाउछ । यसले बच्चाको हड्डी मजबुत राख्न पनि सहयोग गर्छ ।

Logo